एकल नृत्य प्रतियोगितामा प्रीति लिटिल च्याम्पियन, नेहा कास्की च्याम्पियन

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७५
Little Champion

पोखरा, २७ साउन । लेखनाथ गगनगौंडाकी प्रिती पुन एकल नृत्य प्रतियोगिताको लिटिल च्याम्पियन बनेकी छन् । पोखराको रामबजारस्थित नवसाधना कला केन्द्रद्धारा आयोजना गरेको प्रतियोगिताको फाइनलमा प्रितीले २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै लिटिल च्याम्पियन बन्न सफल भएकी हुन् ।

लिटिल च्याम्पियनको उपाधिसहित प्रितीले नगद ३० हजार, ट्रफी हात पारेकी छन् । प्रतियोगितामा आकृति गुरुङ द्धितिय, श्रब्या गुरुङ तृतीय र सुबर्णरोका शान्त्वना भए । आकृतिले २० हजार, श्रब्याले १० हजार र सुबर्णे ५ हजारसहित ट्रफी  पुरस्कार पाए ।

त्यस्तै, सुयन्सी गुरुङले उत्कृष्ठ भेषभूषा र तृप्ती गुरुङले अनुशासनको टाइटल जिते । उनीहरुले गिफ्ट हृयाम्परहरु हात पारे। वैशाखदेखि अडिसन शुरु गरिएको लिटिल च्याम्पियनका लागि ७ वर्षदेखि १२ वर्ष उमेरसमुहका करिब ५ सय भन्दा बढि प्रतिभाहरुले अडिसन दिएको कला केन्द्रका निर्देशक रबिन गुरुङले बताए ।त्यसैगरी, लेखनाथ पट्नेरीकी नेहासिंह सुनार कास्की च्याम्पियन बनेकी छन् । उनले कास्की च्याम्पियनको उपाधिसहित नगद ४० हजार, ट्रफी पुरस्कार हात पारेकी छन् ।

प्रतियोगितामा होममाया मगर द्धितिय, प्रेरणा गुरुङ तृतीय र सिता लामा शान्त्वना भइन् । होममायाले नगद ३० हजार, प्रेरणाले २० हजार र सिताले १० हजार नगदसहित ट्रफी हात पारे । सजिना गुरुङले उत्कृष्ठ भेषभूषा र आयुषा गुरुङले अनुशासनको टाइटल जित्दै गिफ्ट हृयाम्परहरु हात पारे । कास्की च्याम्पियनका लागि फाइनलमा १३ देखि २५ वर्ष उमेर समुहका ११ जनाले प्रतिस्पर्धा गरेका थिए। कास्की च्याम्पियनका लागि वैशाखदेखि करिब ४ सय भन्दा बढिले अडिसन दिएका थिए ।

प्रमुख अतिथि जनसाँस्कृतिक महासंघ, गण्डकी प्रदेश संयोजक मनकुमार श्रेष्ठले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए।

लिटिल च्याम्पियन र कास्की च्याम्पियनका विजेताहरुलाई अनुशिलन पाठशाला र सरगम साँस्कृतिक कला केन्द्रले ६ महिनासम्म निःशुल्क नृत्य प्रशिक्षणका लागि प्रायोजन गरेको छ ।

कार्यक्रममा गीत संगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै त्रिवेणी संगीतालयका संस्थापक नवराज बराललाई नगद १० हजार १ सय १० सहित दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरिएको थियो। त्यसैगरी, असहाय तथा बृद्धबृद्धाहरुको क्षेत्रमा कृयाशील पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रमलाई कला केन्द्रद्धारा २५ हजार सहयोग गर्‍यो । आश्रमकी सुष्मा पौडेललाई केन्द्रका अध्यक्ष टकबहादुर गुरुङले सहयोग रकम हस्तान्तरण गरेका हुन् । कलाकेन्द्रका अध्यक्ष टकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम संचारकर्मी बिक्रम परियारले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width