स्पोर्ट्स अवार्ड आज

पूर्वसन्ध्यामा टीभीएसको र्‍याली

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७५
Pokhara Apache Sports Awards

पोखरा, १७ जेठ ।तेस्रो टीभीएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को पूर्वसन्ध्यामा मुख्य प्रायोजक बतास ब्रदर्श प्रा.लि. र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले विहीबार बिहान पोखरामा र्‍याली निकालेको छ ।

युवाहरुमाझ लोकप्रिय टीभीएसको उत्पादन जुपिटर भर्सन २ र अपाचे आरटीआर २०० लिएर झण्डै ५० खेलाडीहरु र्‍यालीमा सहभागी भए । बतास ब्रदर्श प्रालि.को कार्यालय नयाँबजारबाट सुरु भएको टीभीएस र्‍याली महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सृजनाचोक, हल्लनचोक, लेकसाइड, राष्ट्रबैंकचोक, विरौटाचोक, पृथ्वीचोक हुँदै पुनः कार्यालयमै पुगेर समापन भएको थियो ।

र्‍यालीमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, बतास ब्रदर्श प्रालिका सेल्स मेनेजर सन्तोष पोखरेल, कास्की जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष दिपक गोदार लगायत चार दर्जन युवा खेलाडीहरु टीभीएसको बाइक र स्कुटरमा सहभागी थिए ।

शुक्रबार हुने तेस्रो टीभीएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को तयारी पूरा भएको छ । पोखरा सभागृहमा दिउँसो २ बजेदेखि हुने कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा प्रमुख अतिथिका रुपमा पोखरा आउनेछन् । चर्चित गायकहरु कर्णस, एसकुमार, विनोद बानियाँका प्रस्तुति, हिमाली सांस्कृतिक परिवारको समेत प्रस्तुति रहनेछ । कार्यक्रममा प्रवेश निःशुल्क रहेको सचिव रञ्जन अधिकारीले जानकारी दिए ।

पोखरा स्पोर्र्ट्स् अवार्डको सवोर्त्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारिरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुन मगर (आर्चरी) परेका छन् । सवोर्त्कृष्ट वर्ष खेलाडी महिलातर्फ बिमला नेपाली (सितेरियो कराँते), कमला पुन(हक्की) र केशरी आलेमगर (आर्चरी) मनोयनमा अटेका छन् ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) मेगबहादुर सेन (क्रिकेट) मनोनित छन् भने वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् ।

विजेताहरुले टीभीएस अपाचे मोटरसाइकल, टीभीएस विगो स्कुटर, नगद, ट्रफी लगायत पुरस्कार प्राप्त गर्नेछन् । लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, उत्कृष्ट खेल संघ जिल्ला ब्याडमिन्टन संघ कास्की र एक जना पत्रकारलाई खेल पर्यटन पत्रकारिता पुरस्कारसमेत अर्पण गरिनेछ ।

पोखरेली गायक बिनोद बानियाँलाई समेत सम्मान गरिनेछ । उदियमान खेलाडी र सम्मानीत पत्रकारलाई वर्ल्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक/एक थान सामसुङ कम्पनीको आकर्षक मोबाइल समेत प्रदान गरिनेछ ।

टीभीएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड सफल बनाउन विभिन्न संघसंस्था र विदेशमा रहेका नेपालीहरुले स्वतस्फुत रुपमा सहयोग गरेका छन । यस्तो सहयोग पुर्‍याउनेमा यूवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, पोखरा लेखनाथ महानगर पालिका, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति, कास्की जिल्ला खेलकुद बिकास समिति, नेपाल हृयाण्डबल संघ, तमुधिं युके, यज्ञलाल श्रेष्ठ क्यालिफोर्र्निया अमेरिका, बगर भाइखलक युके परिवार, सहारा युके परिवार, सहारा हङकङ परिवार, सहारा क्लव पोखरा, मिलन गुरुङ एन्फा कास्की, मेजर खुसिमान गुरुङ एमभीओ तमु प्येलु संघ अध्यक्ष युके रहेका छन् ।

त्यसैगरि, अन्य सहयोगीमा चन्द्रमान गुरुङ, अध्यक्ष बगरभाइ खलक युके, चन्द्रबहादुर गुरुङ अध्यक्ष फोक्सटन नेपाली कम्युनिटी परिवार युके, डिलाइट स्पोर्ट्स महेन्द्रपुल, परिचय एडभर्टाजिङ पोखरा लगायत छन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width