पोखरा, ४ वैशाख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीर पार्टीले सरकारको नेतृत्व गर्दा राम्रो काम गर्न नसकेका कारण पार्टीओरालो लागेको बताएका छन्।
राम्रो काम गरेर जनतालाई जवाफ दिन नसकेका कारण नै पार्टीले हार व्यहोरेको उनको भनाइ थियो।
नेपाली काँग्रेस कास्कीले पोखरामा मङ्गलबार आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले कम्युनिष्ट मिलेका कारण हार्यौ भनेर भाग्न नमिल्ने उल्लेख गरे।
‘राम्रो काम गर्न सकेको भए उनीहरु सबै मिल्दा पनि हामीले जित्थ्यौं’ उनले भने, ‘राम्रो गर्न सकेको भए यति तल पनि आउन्थेनौं।’
उनले शेरबहादुर देउवा र सुशील कोइराला मिलेर आफूलाई प्रधानमन्त्री बन्न समेत नदिएको दुःखेसो कार्यकर्ता माझ पोखे।
त्यतिबेला केपी ओली, विजयकुमार गच्छदार र कमल थापाले आफूलाई प्रधानमन्त्री स्वीकार गरेको भए पनि देउवा र कोइरालाले आफूलाई रोकेको उनको भनाइ छ।
‘अहिलेसम्म यो कुरा कही कतै बोलेको थिइनँ, आज भन्छु भन्दै देउवा र कोइरालाले आफूप्रति देखाएको व्यवहारप्रति चित्त दुःखाए।
उनले अर्को पटक चुनाव जित्नका लागि जनताको स्वार्थसँग गाँसिएर अघि बढ्नुपर्नेमा जोड दिए। पार्टीभत्र एकता जरुरी भएको र आफूले पनि एकता कायम गर्न चाहेको बताए। न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनबाट पार्टीभत्र एकता कायम गर्नुपर्ने पक्षमा आफू रहेको उनको भनाइ छ। वरिष्ठ नेता पौडेलले निष्ठा र आदर्शको राजनीतिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
यसअघि बोल्ने एक दर्जन नेता तथा कार्यकर्ताले पार्टीलार्इ सशक्त बनाएर लैजानका लागि आग्रह गरेका थिए।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुदीपमोहन भट्टराईले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
अनेरास्ववियु बागलुङ अध्यक्षमा जिसी
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९