वेगनासमा आजदेखि फिस फेस्टिभल

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७४

लेखनाथ, २८ चैत। लेखनाथस्थित होटल तथा रेष्टुरेष्ट एशोसिएसनले लेखनाथ क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बिहीबारदेखि चौथो फिस फेस्टिभल शुरु गर्दैछ । वेगनासतालमा वैशाख १ सम्म चल्ने फेस्टिभलमा २५ वटा स्टल रहनेछन्।

फेस्टिभलमा करिब ७० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने तथा ४० लाख रुपैयाँको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।

फेस्टिभलमा माछा तथा स्थानीय कृषि उत्पादनबाट बनेका विभिन्न परिकार, मोटरबोटमा ताल सयर तथा बराह मन्दिर दर्शन, माछा रोग शिविर, माछा तथा मह प्रदर्शनी, हेलिकप्टरबाट सात ताल तथा आसपासका पर्यटकीय स्थल अवलोकन, जडिबुटी प्रदर्शन तथा बिक्री, पप कर्न्र्सट, हास्य व्यङ्ग्य तथा दोहोरी, भेषभूषा तथा झाँकी प्रदर्शनी, दौड प्रतियोगिता, पौडी प्रतियोगिता, माछा मार्ने प्रतियोगिता लगायत आकर्षण रहेको एशोसिएसन अध्यक्ष कृष्णप्रसाद तिवारीले जानकारी दिए।

यसैबीच, फेस्टिभलमा आवश्यक सुरक्षा व्यवस्थापनका लागि सरोकारवालाले छलफल गरेका छन् । नयाँ वर्ष पनि भएकोले दर्शक बढ्ने हुँदा समूह बनाएर प्रहरी खटाइने योजना छ ।

कार्यक्रममा फेस्टिभल निर्देशक दुर्गा अधिकारी, निवर्तमान अध्यक्ष दामोदर थापा, हंशपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक कृष्णबहादुर रानाभाट, बेगनासताल युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट लगायत बोलेको लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष ज्ञानेन्द्र बजगाईले बताए ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width