पोखरा, २९ फागुन । निकेश खड्का र युवराज वाईवाको निर्देशनमा बनेको गीति एल्बम जय मायाप्रेमको छायांकन सकिएको छ।
कास्कीसहित पर्वत, मुस्ताङ, काठमाडौका विभिन्न मनोरम स्थलमा छायांकन गरिएकोमा उक्त एल्बममा ४ गीत रहेका छन्। ‘मरे भने दिनु है दाउरा उपहार…’, ‘जरुवाको पानी साह्रै मीठो..,’ ‘बिहे गरी लाने हो ..’ र चिसो-चिसो मन्द-मन्द बतासमा ..’ बोलका गीत समेटिएका छन्। छायांकन सकिएलगत्तै अब विमोचन तयारीमा रहेको जनाइएको छ।
वी स्टार नेपालले प्रस्तुतिमा बनेको उक्त एल्वमका गीतका रचनाकार युवा व्यवसायी अर्जुनरत्न भिकारी हुन्। गीतमा संगीतकार चेतन सापकोटा, स्वर नारायण धिताल छन्। निर्माता भिकारी, सापकोटा र धिताल हुन्। एल्वमको एरेञ्जर महाराज थापाले गरेका छन्।
एल्वममा नायिका प्रियका कार्की, जेनिशा हमाल, सुष्मा अधिकारी, सेनु र्घर्ती, अर्जुनरत्न भिकारी, चेतन सापकोटा, नारायण धिताल, मोहनचन्द्र पराजुली, रामराज अधिकारी लगायत करिब २० जना कलाकारको अभिनय छ।
Related News
सम्बन्धित समाचार
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१