Worldlink ads

चौरासीमा भण्डारीको पुस्तक विमोचन

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७४

लेखनाथ, १७ फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा २९ निवासी भोजराज भण्डारीको चौरासी पूजाको अवसरमा लुकेको व्यक्तित्वः भोजराज भण्डारी पुस्तक विमोचन गरिएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार उक्त पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै काँग्रेस नेता पौडेलले उदार धर्मले सबैको रक्षा गर्ने बताउँदै पूर्र्वीय दर्शनप्रति आस्थावान् आर्दश व्यक्तित्वका रुपमा भण्डारीलाई आफूले चिनेको बताए।

पुस्तकका प्रकाशक महेश्वर पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा स्रस्टा भोजराज भण्डारीले आफूलाई शुभकामना दिने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा गलेश्वर सन्यास आश्रमका अद्धैता नन्द गिरी, महेश सन्यास आश्रमका रमणानन्द गिरी लगायतले भण्डारीको व्यक्तित्वबारे चर्चा गरेका थिए ।

कार्यक्रम सञ्चालन पुस्तक सम्पादकमण्डलका सदस्य धु्रवनाथ अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग