उपकारको वाषिर्कोत्सवमा सरसफाइ

आदर्श समाज सम्वाददाता
माघ ७, २०७४
upakar bachat

पोखरा, ६ माघ। पोखरा ६ स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले नवौं वाषिर्कोत्सव वडामा शनिबार सरसफाइ गरेको छ।

कार्यक्रममा वडाध्यक्ष जगतबहादुर पहारी, सदस्य हरि पहारी, जगदम्बा आमा समूह र सहकारीका पदाधिकारी एवं सदस्यले सरसफाइमा संलग्न थिए । कार्यक्रम संयोजन सहकारीका फत्तबहादुर हिस्कीले गरेका हुन्।

संस्था अध्यक्ष सूर्यनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव नारायणप्रसाद अधिकारीले सञ्चालन गरेका थिए। वाषिर्कोत्सवकै अवसरमा सहकारीले आइतबार नारेश्वर चोकमा खुला रक्तदान कार्यक्रम गर्दैछ। कार्यक्रममा सहभागी भई रक्तदान गर्न सहकारीले सबैलाई आग्रह गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width