नौपचारिक क्षेत्रका श्रमिकलाई वित्तीय साक्षरता

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०८०
financial literaticy

पोखरा । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुन) जिल्ला समिति कास्कीको आयोजना अनौपचारिक क्षेत्रका श्रमिकलाई वित्तीय साक्षरता कार्यक्रम शुक्रबार भएको छ । नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक आर्या जोशीले कार्यक्रमको उद्घाटन गर्दै प्रशिक्षणले श्रमिकहरुको दैनिक जीवनमा योगदान दिने बताइन् । उनले दिन प्रतिदिन आर्थिक कारोबारमा सर्तकता हुन सिकाउने विश्वास गरिन् ।

प्रशिक्षक तथा अध्यक्ष यामबहादुर रानाभाटले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई लक्षित यस प्रकारका कार्यक्रम निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गर्दै बैकिङ क्षेत्रमा देखा परेका समस्याको बारेमा प्रशिक्षण दिएका थिए । साथै उनले आजको युगमा ट्रेड युनियनले श्रमिकको क्षमता अभिवृद्धि, उद्यमशीलता विकास, तथा सुरक्षित तरिकाले काम गर्न विभिन्न तालिम तथ सेमिनार आयेजना गर्नुपर्ने विषयमा ध्यनकेन्द्रित गरे ।

केन्द्रीय सदस्य कृष्णप्रसाद बास्तोलाले स्वागत गरेको कार्यक्रममा निर्माण श्रमिक संघका प्रतिनिधि राजेश बुढामगरले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरलाई बंैकिङ कसुरका बारेमा बुझाइ कम भएकाले धेरै दुख भएको बताए । उक्त अवसरमा ओमप्रकाश पोखरेलले बंैकिङ सम्बन्धी र रवीचन्द्र पौडेलले जाली नोट पहिचान सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रम प्राइम बैंक कर्मचारी संघका केन्द्रीय सदस्य किसन गिरीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width