मुद्रण उद्योग संघ कास्कीको रक्तदान

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
blood donation (2)

पोखरा । मुद्रण उद्योग संघ कास्कीको आयोजनामा आइतबार पोखरामा भएको रक्तदानमा २० युनिट रगत संकलन भएको छ । नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष वसन्त बास्तोलाले पहिलो पटक रगत दान गर्ने रक्तदाता मनिष नेपालीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रम संयोजक झंकनाथ अधिकारी ९नारायण० का अनुसार सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका रक्तदान गरिएको हो । उक्त अवसरमा नेपाल मुद्रण उद्योग महासंघको ५ औं अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई ज्ञापन गरिएको अधिकारीले बताए ।

अध्यक्ष बास्तोलाले गण्डकी प्रदेश भित्र रहेका मुद्रण व्यवसायीहरुको छाता संगठनमध्य कास्की जिल्लाले विभिन्न समयमा सामाजिक कार्य गरेको र उद्योगहरुलाई व्यवस्थित बनाउन पनि विभिन्न तालिमहरु गर्दै आइरहेको देख्दा खुसी व्यक्त गरे ।

त्यसैगरी मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाले मुद्रण व्यवसायीहरुलाई सवल बनाउनको लागि आवश्यक रहेको हुँदा सरोकारवाला निकायहरुसँग छलफल भइरहेको बताए ।

मुुद्रण उद्योग कास्कीका सल्लाहकार एवं निवर्तमान केन्द्रीय उपाध्यक्ष पदमलाल श्रेष्ठले मुद्रण व्यवसायमा चुनौतीहरु थपिँदै गएको र राज्यले अन्य उद्योग र मुद्रण उद्योगलाई एकै नजरले नहेरेको आरोप लगाए ।

श्रेष्ठका अनुसार कास्की जिल्लामा रहेका मुद्रण संघमा आवद्ध ६० र आवद्ध नभएका ३० वटा मुद्रण उद्योगमा करिब ५ सय जना भन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् ।
त्यसै गरी नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका प्रतिनिधि यमुना केसीले रक्तदानको महत्वका बारेमा प्रकाश पारिन् ।

नेपाल मुद्रण उद्योग महासंघको ५ औं अधिवेशनमा गण्डकी प्रदेशबाट सहभागी भई निर्वाचित भएका केन्द्रीय उपाध्यक्ष महेन्द्र बजिमया र सदस्यहरु बसन्त बास्तोला र चिन्तामणि बास्तोलालाई मुद्रण व्यवसायीहरुको तर्फबाट प्रदेश कोषाध्यक्ष कोपिला श्रेष्ठले खादा र माला लगाएर बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग र मुद्रण उद्योग संघ गण्डकी प्रदेशको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका निवर्तमान केन्द्रीय सचिव जीवन गोर्खाली, गण्डकीका महासचिव मनोहर दाहाल, कोषाध्यक्ष कोपिला श्रेष्ठ, गण्डकी फ्रेम उद्योगका अध्यक्ष सुमन श्रेष्ठ, क्यान कास्कीका उपाध्यक्ष पुरुषोत्तम कुँबर, नविन श्रेष्ठ, मनिष नेपाली, लगायतले बोलेका थिए ।

मुद्रण उद्योग संघ कास्कीका महासचिव पदम श्रेष्ठले सञ्चालन गरेको कार्यक्रम वरिष्ठ उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले स्वागत र अध्यक्ष चिन्तामणि बास्तोलाले समापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • पोखरामा १४ मजदुर सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले…
  • ‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वमा शान्ति छर्न ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको बताएका छन् । ब्रह्मकुमारी…
  • रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । रानाभाट तथा भाट जातिमा रहेकोे अन्योल छिट्टै अन्त्य हुने भएको छ । रानाभाट तथा भाट जातिलाई छुट्टै जातिमा…
  • मानव सेवा अश्रममा खाना खुवाइयो

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । रोटरी क्लब अफ नक्साल शक्तिको स्थापना दिवसका अवसरमा पोखराको हेमजामा रहेको मानव सेवा आश्रमा बिहानको खाना खुवाइएको छ…

hero news full width