भाटभटेनीका सञ्‍चालक गुरुङद्वारा भूकम्प पीडितका लागि १ करोड ११ लाख रुपैयाँ प्रदान

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०८०
Min-Bahadur-Gurung-Donation

पोखरा ।  भाटभटेनीका प्रबन्ध निर्देशक एवं सञ्‍चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन्। सञ्‍चालक गुरुङले भाटभटेनीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन्।

गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। उनले भाटभटेनीका तर्फबाट भूकम्प पीडितलाई खाद्यसामग्री पनि प्रदान गर्ने निर्णय भएको जानकारी दिए।

भूकम्पमा परी ज्यान गुमाउनेहरुमा श्रद्धाञ्‍जली व्यक्त गर्दै गुरुङले शोक सन्तप्त परिवार जनप्रति समवेदना व्यक्त गरेका छन्। साथै, उनले घाइतेहरुको शिघ्र स्वस्थ्य लाभको कामना समेत गरेका छन्।

भाटभटेनीले यसअघिका भूकम्प, कोभिड, बाढीपहिरो लगायतका दैवी विपत्तिमा पनि मानवीय सहयोग गरेको उनले बताए। सञ्‍चालक गुरुङले पश्‍चिम नेपालका नेपाली दाजुभाइले भोग्‍नु परेको विपत्तिमा सम्पूर्ण देशवासीले साथ दिनुपर्ने विचार व्यक्त गरे।

Related News

सम्बन्धित समाचार

hero news full width