तालवाराही माविका प्रधानाध्यापक ताराप्रसाद पोखरेललाई मातृशोक

आदर्श समाज सम्वाददाता
कार्तिक १०, २०८०
tara pokhrel mother

पोखरा । पोखराको तालवाराही माविका प्रधानाध्यापक ताराप्रसाद पोखरेललाई मातृशोक परेको छ । उनकी माता देवका पोखरेलको ७० वर्षको उमेरमा दसैंको दिन निधन भएको हो । केही समयदेखि मुटु रोगबाट ग्रसित उनको रुपन्देही तिलोत्तमा नगरपालिका १३, कजौरियास्थित आफ्नै निवासमा निधन भएको हो ।

उनका श्रीमान् तोयनारायण पोखरेल, ४ भाइ छोरा ताराप्रसादसहित हिमलाल, शिवलाल र बाबुराम पोखरेल एवं २ छोरीहरु बसुन्धरा न्यौपाने र गायत्री पोखरेल छन् ।

पोखरेल दम्पतीको स्थायी घर पाल्पाको रैनादेवी छहरा गाउँपालिका २, सोमदी हो ।

जेठा छोरा ताराप्रसाद पोखरेल उच्च माध्यमिक शिक्षक एसोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । उनी पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष एवं हाल सल्लाहकार छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width