फेरि जाग्दै कन्दरा

आदर्श समाज सम्वाददाता
कार्तिक ३, २०८०
kandara

पोखरा । तीन दशकअघि देखि सांगितिक यात्रा सुरु गरेर बिचमा हराएको कन्दरा ब्यान्डले पुनरागमनको तयारी थालेको छ ।

पोखराबाट उदाएको ब्याण्ड लामो समयपछि घर आउँदै कन्दरा नाम दिएर मङ्सिर १६ गते पोखरामा विशेष कार्यक्रम गर्ने भएको छ ।

देशका सातै प्रदेशका मुख्य सहरमा सांगीतिक कार्यक्रम गर्ने गरी कन्दरा फर्कने भएको हो । पहिले घरदेश अनि परदेश र घरदेश घुमौँ पर्यटनको प्रवर्द्धन गरौँ भन्ने उद्घोषका साथ फर्कने तयारी गरेको ब्यान्डका संस्थापक विवेक श्रेष्ठले बताए ।

यो सांगीतिक अभियानलाई पर्यटन प्रवर्द्धनसँग जोडिएको उनले उल्लेख गरे । पोखरा पर्यटन परिषद्को आयोजनामा कन्दाराको सांगितिक कार्यक्रम पोखरामा हुन लागेको हो । संगीतको माध्यमबाट नेपालको पर्यटनलाई मलजल गर्दै चलायमान र गतिशील बनाउन कन्दरासँग जोडिएको परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

कन्दराले आगामी शुक्रबार नयाँ गीत सार्वजनिक गर्ने कन्दराको तयारी छ । संस्थापक श्रेष्ठले तीन नयाँ र दुई पुराना गीतसहित आफूहरु स्वदेश र परदेशमा जाने बताए । कन्दराले मुलुकभित्र र मुलुकबाहिर गरी दुई सयभन्दा बढी कन्सर्ट गरिसकेको छ ।

गायक श्रेष्ठले हालै रेडियो नेपालमा कन्दराले पाँच वटा गीतको ‘वान टेक रेकर्डिङ र सुटिङ’ गरेको सुनाए । सन् १९९५ मा पहिलो एल्वम चन्चले कान्छीबाट सांगितिक यात्रा सुरु गरेको कन्दरा ब्याण्डको डाँडापारी एल्वमको लेककी हे माया तिमीपारी र विदेशिएर गइन् उनी (१९९६), हङकङ पोखरा (१९९८), तगारोमा रुमाल राखी (२००६) चर्चामा रहे ।

Related News

सम्बन्धित समाचार

hero news full width