असफलले जिते राष्ट्रिय लेख प्रतियोगितामा १ लाख

आदर्श समाज सम्वाददाता
कार्तिक ३, २०८०
393838190_848335727075976_2473954398359644616_n

पोखरा । पोखराका पत्रकार असफल गौतम राष्ट्रिय लेख प्रतियोगितामा प्रथम हुँदै १ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) नेपालले देशभरका पत्रकारबीच सो प्रतियोगिता आयोजना गरेकोमा एटुजेडपत्रिका डटकमका संवाददाता उनी प्रथम भएका हुन् । स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष एवं मानवअधिकार पत्रकार संघ (हुर्जा) कास्की अध्यक्षसमेत हुन् ।

सिबिफिन र नेपाल बिजनेश इन्स्टिच्युटले संयुक्तरूपमा आयोजना गरेको नेपाल बिजनेस समिट–२०२३ प्रतिवेदन र प्रतियोगिताको नतिजा सार्वजनिक समारोहबीच काठमाडौंमा पुरस्कृत गरेको हो ।

यसअघि नेपाली सेनाले आयोजना गरेको राष्ट्रिय सुरक्षाविषयक राष्ट्रिय प्रतियोगितामासमेत उनी सान्त्वना भएका थिए । साहित्यकारसमेत रहेका असफलले आदर्श समाज राष्ट्रिय दैनिकमा लामो समय समाचार र कम्प्युटर शाखामा रहेर काम गरेका थिए । स्याङ्जाको ठुलाडिही स्थायी घर भएका उनी नेपाल पत्रकार महासंघ कास्की सदस्य हुन् ।

समिटको पूर्वसन्ध्यामा सिबिफिनको आयोजना, नेपाल पत्रकार महासंघ एवं नेपाल बिजनेश इन्स्टिच्युटको सहकार्यमा ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ विषयमा आयोजित लेख प्रतियोगितामा देशभरबाट उत्कृष्ट १५ पत्रकारलाई नगदसहित पुरस्कृत गरिएको हो ।

काठमाडौं प्रेसका यम विरही द्वितीय हुँदै ७५ हजार, श्रीनगर मिडिया नेटवर्कका दुर्गाप्रसाद अर्यालले तृतीय हुँदै ५० हजार, कर्पोरेट नेपाल डटकम रौतहटका खेम बोलखेले चौंथो स्थानसहित २५ हजार र आर्थिक अभियान दैनिकका नवराज अधिकारी पाँचौ स्थान प्राप्त गर्दै १५ हजारसहित पुरस्कृत भएका छन् ।

प्रतियोगिताका उत्कृष्ट १० लेखतर्फ विजयी पत्रकारलाई १० हजारसहित पुरस्कृत गरिएको छ । जसमा कास्कीकै अर्का पत्रकार रुपनारायण ढकाल पनि परेका छन् ।

उनीहरुलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, राष्ट्रिय योजना आयोग सदस्य डा. रमेशचन्द्र पौडेल, सिबिफिन अध्यक्ष पवनकुमार गोल्यान, त्रिभुवन विश्वविद्यालय मानविकी संकाय डिन प्राडा कुशुम शाक्य र नेपाल पत्रकार महासंघ महासचिव रोशन पुरीले संयुक्तरूपमा पुरस्कृत गरे।

Related News

सम्बन्धित समाचार

hero news full width