शिक्षासेवी सिग्देलको स्मृतिमा छात्रवृत्ति अक्षयकोष

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०८०
narayan sigdel

पोखरा । शिक्षासेवी नारायण सिग्देलको स्मृतिमा श्रीराम आधारभूत स्कुलमा छात्रवृत्तिका लागि अक्षयकोषको स्थापना गरिएको छ । स्व. सिग्देलको स्मृतिमा उनको परिवारले अक्षयकोषको स्थापना गरेको हो ।

सिग्देलकी श्रीमती हरिमाया सिग्देल र छोरा डा. यज्ञराज सिग्देलले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । पोखरा ८ सिमलचौरस्थित सो विद्यालयका संस्थापक प्रधानाध्यापक रहेका नारायण सिग्देलले ३० वर्षसम्म अध्यापन गराएका थिए ।

अक्षयकोषका लागि विद्यालयका प्रधानध्यापक तीर्थराज न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्ति चालिसे, पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बराल लगायतको उपस्थितिमा हरिमाया सिग्देल र डा.यज्ञराज सिग्देलले १ लाख रुपैयाँका चेक हस्तान्तरण गरे ।

१ लाख रुपैयाँबाट आएको ब्याजबाट जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइने प्रधानाध्यापक न्यौपानेले बताए ।

Related News

सम्बन्धित समाचार

  • एनप्याब्सनका १२ सय शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । नेसनल प्याब्सन कास्कीको आयोजनामा शिक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त तालिममा…
  • चिसाखोला वेद विद्याश्रमको रजत स्मारिका लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८, चिसाखोला आश्रम कास्कीको औपचारिक स्थापनाको २५ वर्ष पुगेको अवसरमा हालसम्म भएका गतिविधि समेटेर…
  • राजनीतिकर्मी शेरचनको निधन

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । नेपाली कांग्रेस मुस्ताङ जिल्ला कार्यसमितिका कोषाध्यक्ष गणेश शेरचन र क्षेत्रीय प्रतिनिधि दिनेश शेरचनलाई पितृशोक परेका छ । उनीहरुका…
  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • पोखरामा १४ मजदुर सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले…

hero news full width