पोखरा । गत साउन २५ गते आयल निगमका हाकिम र व्यवसायीको मिलेमतोमा पोखरामा पेट्रोलियम पदार्थको अवैध कारोबार भएको घटना बाहिरियो ।
निगमको पोखरास्थित गगनगौंडाबाट चलानी बिलभन्दा बढी तेल लोड गरेर कमिसन लिने गरेको भेटिएको थियो । डाँडाको नाकमा रहेको पश्चिमाञ्चल ट्रेडर्सले खरिद गरेकोभन्दा बढी डिजेल पठाएपछि विशेष सुराकीको आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले ट्यांकरसहित पक्राउ गरेको हो ।
सोही घटनामा संलग्न चालक निर्मल थापा र गण्डकी धवलागिरी पेट्रोलियम एसोसियनको प्रतिनिधि जगन्नाथ ढुंगानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनीहरूलाई ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।
उक्त समयमा गगनगौंडा डिपोबाट ग२ख ८३६ नम्बरको ट्यांकरमा बिल भौचरमा उल्लेख गरेभन्दा बढी परिणामको पेट्रोलियम पदार्थ (डिजेल) लोड गरी पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको भेटिएको सूचना अधिकारी विकले बताए ।
ट्यांकरका चालक निर्मल थापासँग भएको बिल भौचरमा उल्लेख भएको भन्दा बढी परिमाणको पेट्रोलियम पदार्थको (बिल १२ हजार लिटरको रहेको र ट्यांकरमा करिब ३ हजार लिटर बढी रहेको) पाइएको थियो ।
Related News
सम्बन्धित समाचार
ढाकाकुमार पक्राउ
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
hero news full width
मुख्य समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१