चलचित्र विकास बोर्ड गठनका लागि संसदमा आवाज उठाउँछु : सांसद सरस्वती गुरुङ

आदर्श समाज सम्वाददाता
भाद्र २, २०८०
GFAN Photo

पोखरा। गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले गण्डकी प्रदेशमा चलचित्र विकास बोर्ड गठनका लागि संसदमा आवाज उठाउने बताएकी हुन् । शनिबार गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को १५ औं साधारण सभा उद्घाटन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी सांसद गुरुङले गण्डकीमा अत्यधिक गुरुङ फिल्म निर्माण हुने भएकोले प्रत्येक महिना कम्तीमा एउटा फिल्म हलमै प्रदर्शनका लागि प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिइन् । उनले जिफान जातीय समुदायको संस्था भएकाले जग्गा खरिद गरी संस्थाको भवन निर्माण गर्नुपर्ने बताउँदै आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

विशेष अतिथि प्रदेशसभा सदस्य वेदबहादुर गुरुङले मातृभाषाको संरक्षणका लागि गुरुङ चलचित्रको विस्तारमा जोड दिनुपर्ने बताए ।

अन्नपूर्ण गाउँपालिका प्रवक्ता एवं एमाले कास्की सदस्य भरतमान गुरुङले पालिकास्तरमा गुरुङ चलचित्रको प्रचार गरिनुपर्नेमा जोड दिए । गाउँमा गुरुङहरुको कथा रहेकाले गाउँबाटै यसको सुरुवात गरिनुपर्ने उनको जोड थियो ।

माओवादी केन्द्रका युवा नेता तोरण गुरुङले गुरुङ चलचित्रको विकास गर्न सके युवाविदेश पलायन रोक्न सकिने बताए । जसपाका नेता मनबहादुर गुरुङ चलचित्र संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए ।

सभामा सचिव लवसन गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्ष अर्जन गुरुङको आर्थिक प्रतिवेदन सर्वसम्मतले पास गरिएको थियो । सो अवसरमा विभिन्न विषयमा छलफल गरिएको थियो । सभामा कानुनी सल्लाहकार अधिवक्ता जूनाकुमारी गुरुङको अध्यक्षतामा सल्लाहकारहरु कृष्णकुमार गुरुङ, भोजबहादुर गुरुङ, माओत्सेतुङ गुरुङ र राजेश गुरुङ सदस्य रहेको बन्दसत्रमा विभिन्न विषयमा छलफल भएको हो ।

मूलधारका चलचित्रले गुरुङ समुदायको विषय उठान गरे जिफानबाट स्वीकृत लिनुपर्ने सम्बन्धमा विधान संशोधन गर्ने निर्णय गरिएको जिफान सचिव लवसन गुरुङले बताए । जिफान अध्यक्ष गुञ्जबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लवसन गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • २८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । कमेडी नेपाली फिल्म ‘खजुरे ब्रो’ यही २८ वैशाखदेखि प्रदर्शनमा आउँदैछ । सुरज सुनुवार निर्देशित यो फिल्मको प्रचारका लागि…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • बेरोजगार युवाको कथा ‘डिग्री माइला’

    आदर्श समाज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा । रामबाबु गुरुङ निर्देशित नेपाली फिल्म ‘डिग्री माइला’ प्रदर्शन तयारीमा छ । यही ३० चैतदेखि अलनेपाल रिलिज हुन लागेको…
  • सिनेमा प्रतिक्रिया दिन पोखरामा रिभ्यू बक्स

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । सिनेमा हेरिसकेपछि प्रतिक्रियाका लागि कास्कीमा रिभ्यू बक्स स्थापना गरिएको छ । चलचित्र पत्रकार संघ (चपस) नेपाल, कास्कीले पोखराका दुई…
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…

hero news full width