पोखराको पानी र नानीको भर हुन्न

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८०
sanjjan ko pokhara ma

पोखरा । पोखराको पानी र नानी सम्बन्धित गीत सार्वजनिक भएको छ । गायक तथा पत्रकार सज्जनकुमार सिंहको यसबारे नयाँ गीतको भिडियो सार्वजनिक भएको हो । ‘पोखरामा दुई कुराको भर हुन्न रे, एउटा पानीको अर्को नानीको’ गीतको मूल थेगो छ ।

पोखराको मौसमजस्तै नानीको भर हुन्न भन्ने भावप्रति यहाँका अधिकारकर्मी केही महिलाले भने विरोध जनाएका छन् । गीतमा भनिएको छ, ‘एकै दिनमा बादल लाउने, एकै छिनमा पानी । पोखराको मौसमजस्तै रैछ तिम्रो बानी ।’

पोखराको मौसम र प्रेमलाई विषयबस्तु बनाएर तयार पारिएको गीतको शब्द, संगीत उनै सज्जनको हो । गीतमा उनीसहित अस्मिता अधिकारीको स्वर छ । विनोद बाजुरालीले गीत एरेन्ज गरेका हुन् ।
प्रेस सेन्टर बागलुङका उपाध्यक्ष समेत रहेका सज्जन न्युज पोर्टल चलाउँछन् । गीतको भिडियोलाई ईश्वरबाबुले निर्देशन र सम्पादन गरेका हुन् । राजेश घिमिरेको छायांकन रहेको भिडियोमा सज्जन सहित जूना गुरुङ र सरिता धनकोटीको मुख्य अभिनय देख्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width