नागेश्वर मन्दिरमा विष्णुप्रसाद

आदर्श समाज सम्वाददाता
जेठ १५, २०८०
Nareswar

पोखरा । नागेश्वर महादेव मन्दिर विकास समिति, पोखरा १३ आर्वा मणिदीपको अध्यक्षमा विष्णुप्रसाद बराल निर्वाचित भएका छन् । सोमबार भएको अधिवेशनले बरालको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा वेदनाथ अधिकारी, सचिव शिवराज बराल, सहसचिव तारा बराल तथा कोषाध्यक्षमा विमला बस्नेत चुनिए । सदस्यमा माधवप्रसाद सिग्देल, कृष्णप्रसाद अधिकारी, पदमराज बराल र रिता बराल चयन भए । २ सदस्य पछि मनोनित गरिने छ ।

साधारणसभा तथा अधिवेशन उद्घाटनमा पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो कार्यकालको बाँकी ४ वर्ष भित्रमा आर्बाका सबै सडक कालोपत्रे गरिसक्ने प्रतिवद्धता जनाए । आर्बाको प्रशिद्ध धार्मिक तथा पर्यटकीयस्थल मणिदीपलाई आगामी वर्षदेखि नै गुरुयोजना निर्माण गरी अन्तर्राष्ट्रियस्तरको प्रशिद्ध धामका रुपमा विकास गर्न आफू लागि पर्ने बताए ।

संस्थाका अध्यक्ष नरबहादुर बरालको सभापतित्वमा भएको कार्यक्रममा मन्दिर किाश समिति मणिदीपका संरक्षक स्वामी शिवनाथ गिरी, विश्व हिन्दु महासंघ कास्कीका वरिष्ठ उपाध्यक्ष भीमबहादुर बराल, समितिका सल्लाहकार विष्णुप्रसाद बराल, हरिबहादुर बराल, राजेन्द्रप्रसाद बराल, समितिका विशिष्ट सदस्य कृष्णकुमारी बराल, समाजसेवी विमला बस्नेत, अमलाचौर चापडाँडा टोल विकास समितिका अध्यक्ष इन्द्रराज बराल, अमरज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक विमलबहादुर बराल, सूर्योदय आमा समूहकी अध्यक्ष तारा बराल, आशीर्वाद युवा क्लबका अध्यक्ष विक्रम बराल लगायतले शुभकामना व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कारबाट अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यजी महाराज (श्रीमुक्तिनाथबाबा) सम्मानित भएका छन् ।…
  • लामाचौर तीज महोत्सवमा स्रष्टा सम्मान

    आदर्श समाज सम्वाददाता असाेज १, २०८०
    पोखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औं लामाचौर तीज महोत्सव सोमबार सकिएको छ । महोत्सव समापन गर्दै श्रम,…
  • बाटुलेचौरमा ऐतिहासिक तीज मेला सम्पन्र

    आदर्श समाज सम्वाददाता असाेज १, २०८०
    पोखरा । तीज अवसरमा पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला भएको छ । मेलामा आमन्त्रित १६ महिला समूहले तीज गीत तथा…
  • भण्डाढिकमा तेज मेला सुरु

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८०
    लेखनाथ । भण्डारढिकको को प्रस्तावित रंशालामा बुधबारदेखि तीज मेला सुरु भएको छ । असोज १ सम्म चल्ने मेला भण्डारढिक टोल…
  • स्वामी रमणानन्द अभिनन्दित

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८०
    पोखरा । महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुल देवघाटका पीठाधीश स्वामी रमणानन्द गिरीजी महाराजलाई पोखरामा अभिनन्दन गरिएको छ ।…

hero news full width