लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारले पेसागत मर्यादामा रही कर्तव्य भुल्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन लमजुङ शाखाको सातौं जिल्ला अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘त्यो बेलामा तत्कालीन सरकार र विपक्षमा लेख्ने पत्रकारको संख्या न्युन रहेको र सञ्चारमाध्यम पनि न्युन थिए,’ पञ्चायतकालीन दिनको स्मरण गर्दै उनले भने, ‘सरकारको विरोधमा लेख्ने पत्रकारले जेल जानु पर्ने, तारेख धाउनु पर्ने, पत्रिकाको दर्ता खारेज हुनेसम्मका पीडा भोग्नु पर्दथ्यो तर त्यो प्रजातन्त्रको पुनस्र्थापनासँगै प्रेस स्वतन्त्रताको प्रत्याभूति संविधानमै गरिएको छ ।’
नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनले एमाले र माओवादी केन्द्रको एकीकरण भएपछि ओलीले संविधानविपरीत ऐन ल्याएर प्रेसमा अंकुश लगाउन खोजिएको थियो तर त्यसलाई आफू त्यो बेलामा राष्ट्रिय सभामा विपक्षी दलको नेताका हैसियतले खारेजीको माग गरेको र पत्रकार सडकमा उत्रनु पर्ने स्थिति उत्पन्न भएपछि विधेयक खारेज भएको बताए । उनले प्रेस स्वतन्त्रताको उपयोग गर्दा कर्तव्य बिर्सन भएन भने ।
कांग्रेस स्वतन्त्रताको पक्षमा लडेको पार्टी भएको हुँदा स्वभावतः पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा छ । नेपाली प्रेसले अझै पनि धेरै बलीदानीबाट ल्याएको लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा योगदान दिनुपर्ने जिम्मेवारी र कर्तव्यलाई भुल्नु हुँदैन उनले भने । प्रेस युनियन जिल्ला अध्यक्ष ऋषि अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष श्याम शीतल परियारले स्वागत र सचिव नीरज अधिकारीले सञ्चालन गरेका थिए ।
यसैबीच, मुख्यमन्त्री पाण्डेले बिहीबार नै नेपाली कांग्रेसको जिल्ला शाखा कार्यालय भवन उद्घाटन, कार्यकर्ता भेटघाट गर्नुका साथै जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।
Related News
सम्बन्धित समाचार
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
संसद फर्कने ढाकाकुमारको प्रयास असफल, अन्तरिम आदेश जारी भएन
नेपाल प्रेस युनियन कास्की अध्यक्षमा बासुदेव मिश्र
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०