मुवाथाई सिकाइँदै

आदर्श समाज सम्वाददाता
जेठ १०, २०८०
muithai (1)

पोखरा । पोखरामा जारी मुवाथाईको समर क्याम्पमा सहभागीलाई मंगलबार मुवाथाईको सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिइएको छ ।

थाइल्याण्डबाट सुरु मार्शल आर्ट मुवाथाई विश्वव्यापी बनेसँगै युवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निशुल्क समर क्याम्प सुरु गरिएको हो । सो समर क्याम्पअन्तर्गत मंगलबार मुवाथाईको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरु, ‘फाइभ डब्लु एच’का विभिन्न विषयमा प्रशिक्षण दिइएको सो खेलका लागि नेपालका मुख्य प्रशिक्षक खगेन्द्र क्षत्रीले जानकारी दिए ।

विभिन्न विद्यालयका १ सय जनाभन्दा बढी सहभागि रहेको समर क्याम्पमा मुवाथाईको ‘ट्रेडिसनल, प्रोफेसनल, अमेच्योर र विशेषता र भिन्नताबारे जानकारी गराइएको थियो । सो अवसरमा व्यावसायिक खेलकुदमा मुवाथाईको विकासका बारेमा जानकारी गराउनुका साथै सोको प्रदर्शनी खेलसमेत गरिएको क्षत्रीले बताए । प्रशिक्षक ज्ञानेन्द्र सिंह, शुष्मा चौधरी, अनिश मगर, अर्मान गुरुङले उनीहरुलाई प्रशिक्षण दिएका थिए । उक्त समर क्याम्प भने शनिबारसम्म चल्नेछ । दीक्षान्त समारोहसहित कार्यक्रमको समापन गरिने र सहभागीलाई बेल्ट प्रदान गरिने छ ।

मुवाथाई खेल बुद्ध र हिन्दु धर्मको समिश्रण रहेकोले पनि यो खेलको महत्व उत्तिकै रहेको जनाउँदै मुख्य प्रशिक्षक क्षत्री यो वर्ष पोखराका केही विद्यालयहरुमा प्रशिक्षणको सुरुवात गरिने बताए ।

Related News

सम्बन्धित समाचार

  • मुवाथाइको समर क्याम्प

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । मुवाथाइ खेलको विद्यार्थी लक्षित विशेष प्रशिक्षण शिविर ‘समर क्याम्प’ शनिबार पोखरामा सम्पन्न भएको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय…
  • पोखरा १४ लाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ११, २०८०
    पोखरा । पोखरा वडा १४ ले अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा बिहीबार फाइनलमा वडा १५ लाई…
  • प्रदेशस्तरीय एसइई फुटसल

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८०
    पोखरा । स्टेप बाई स्टेप माध्यामिक विद्यालयले गण्डकी प्रदेशस्तरीय एसइई फुटसल प्रतियोगिता आयोजना गरेको छ । शनिबार प्रतियोगिता उद्घाटन गर्दै…
  • अरण्यज्योति र पेलिकन्स उपाधि नजिक

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८०
    पोखरा । आयोजक अरण्यज्योति क्रिकेट क्लब र पेलिकन्स क्रिकेट क्लब लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को फाइनल प्रवेश गरेका छन्…
  • पोखरामा खुला कायाकिङ प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८०
    पोखरा । पोखरामा खुला कायाकिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद्को आयोजना तथा नेपाल र्‍याफटिङ तथा क्यानानिङ संघको…

hero news full width