पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरू भएको छ । महानगरपालिकाका ३३ मध्ये ३० वटा वडा सहभागी प्रतियोगिताको शनिबार महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
जेठ ११ गतेसम्म चल्ने प्रतियोगिताका खेल पोखरा रंगशाला र पोखरा–१९ लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो दिन ७ खेल भए । आयोजकका अनुसार वडा नम्बर २६ ले वडा नम्बर ३ लाई १०–१ ले, वडा नम्बर २५ ले वडा नम्बर ४ लाई ९–० ले, वडा नम्बर ५ ले वडा नम्बर २२ लाई २–१ ले, वडा नम्बर ८ ले वडा नम्बर ७ लाई १–० ले, वडा नम्बर १० ले वडा नम्बर १९ लाई २–१ ले हराएको छ । वडा नम्बर ११ खेलमा सहभागी नभएपछि वडा नम्बर १५ स्वत: विजयी घोषित भयो । वडा नम्बर १ र ३० बीचको खेल निर्धारित समयमा २–२ मा सकिएको थियो । पेनाल्टीमा पनि ५–५ बराबरी भएपछि सडन डेथमा वडा नम्बर ३० विजयी भयो ।
वडा तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले महानगरपालिकाले प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले बताए । विजेता वडाले एक लाख ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेता हुने वडाले १ लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रूपैयाँ र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ५–५ हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ । फाइनल खेल जेठ ११ गते बिहान ११ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।
Related News
सम्बन्धित समाचार
‘खेल्छ गण्डकी’ बाट महिला खेलाडी तयार गरिने
मेयर कपको उपाधि वडा नम्बर २ लाई
देश्ना चन्द कपमा ‘केआइइसी बुन’ च्याम्पियन
ठेलोमा पर्वतको वर्चश्व
कास्की जिल्ला बक्सिङ संघमा सुमन
hero news full width
मुख्य समाचार
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०