लेखनाथ कविता प्रतियोगितामा दीपिन पहिलो

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०८०
lekhnath

पोखरा । लेखनाथ कविता प्रतियोगितामा दैलेखका दीपिन सिजापति प्रथम भएका छन् । यस्तै, रुपन्देहीका गोपालप्रसाद आचार्य द्वितीय, कपिलवस्तुकी जोशिका कँडेल ‘निशा’ तृतीय तथा नुवाकोटकी एलिका एकलासले सान्त्वना पुरस्कार प्राप्त गरे ।

प्रतियोगातामा देशभरबाट प्राप्त २ सय ४० रचनामध्ये १७ छनोटमा परेका थिए । तीमध्ये १५ जनाले रचनावाचन गरेका थिए ।

नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कविशिरोमणि लेखनाथ पौडेलको सम्मानमा आयोजित राष्ट्रियस्तरको प्रतियोगिताको विशेष महत्व रहेको उल्लेख गरे । उनले प्रतियोगीहरुलाई निरन्तर साहित्य साधनामा लागेर आपूmलाई चिन्तनशील बनाइराख्न आग्रह गरे ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’ ले कविशिरोमणि लेखनाथ बाहिर पनि उत्तिकै सम्मानित साहित्यकार भएको बताए ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले यो कार्यक्रम पोखरा महानगरपालिका र लेखनाथ साहित्य प्रतिष्ठानको आयोजना तथा पोखरा प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र कविशिरोमणि जन्मस्थल विकास समितिको सहकार्यमा भएको बताए ।

लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रघर आत्रेयले प्रतियोगिताले स्रष्टालाई अझ बढी सिर्जनशील बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, कास्की जिल्ला समन्वय अधिकारी नवराज बराल, कविशिरोमणि जन्मस्थल विकास समिति कावा अध्यक्ष गोपीराज पौडेलले मन्तव्य राखेका थिए ।

लेखनाथ साहित्य प्रतिष्ठान उपाध्यक्ष छवि सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा–२७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङले स्वागत तथा प्रतिष्ठान सचिव कृष्णप्रसाद पौडेलले सञ्चालन गरेका थिए । सोही कार्यक्रमबीच डा.लक्ष्मीशरण अधिकारीले नेपाली आधुनिकता र लेखनाथ विषयमा कार्यपत्र प्रस्तुत गरे । प्रतियोगितामा डा.जगन्नाथ रेग्मी निर्णायक समिति संयोजक थिए । सदस्यमा डा. आनन्दमणि रिजाल र प्राज्ञ नारायण मरासिनी थिए ।

सो अवसरमा अप्रतियोगी कविहरु शिव त्रिपाठी, ऋषिकेश बराल, सोमनाथ देवकोटा, कृष्णमणि लामिछाने, हरिराज पौडेल, माधव देवकोटाले रचनावाचन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अक्षरयात्राको १९९ औं कार्यक्रम मट्टीखानमा

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ सालदेखि अविच्छिन्न रुपमा सञ्चालन गर्दै आइरहेको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको १९९ औं…
  • बासु पुरस्कारबाट स्याङ्जाका ४ साहित्यकारलार्ई सम्मान

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८०
    स्याङ्जा । बालनरसिंह— सुवर्णकुमारी अधिकारी गुठी पुरस्कारबाट प्रदान गरिने बालनरसिंह सुवर्णकुमारी (बासु) स्मृति साहित्य पुरस्कारबाट स्याङ्जाका ४ जना साहित्यकारलाई सम्मान…
  • गीतकार विनोद गौचनको जन्मजयन्ती

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ…
  • साहित्यकार जनार्दनशरण त्रिपाठीको निधन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८०
    पोखरा । साहित्यकार एवं महाकाव्यकार जनार्दनशरणको त्रिपाठीको निधन भएको । लामो समयदेखि बिरामी रहेका त्रिपाठीकी शुक्रबार बिहान साढे ४ बजे…
  • आमा २ पुस्तक विमोचन

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८०
    पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले जिउँदो इतिहासका रुपमा रहेका आमाबुवा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएका छन् ।…

hero news full width