‘बुलाकी’ को प्रदर्शन रोकिने   

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०८०
bulaki-movie_vqXLxZbxdp

काठमाडौं ।  गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ ।

चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत कारण देखाउँदै सो चलचित्रका निर्माता तथा कलाकार विराज विष्टले प्रदर्शन निरन्तर गर्न नसकिने जानकारी दिनुभयो ।

“बाँडफाँडमै समान व्यावहार भएन । सार्वजनिक प्रचार सामग्रीलाई बेवास्ता गर्दै हामीलाई सङ्ख्यामार्फत नै निरुत्साहित गर्ने काम भयो”, उहाँले भन्नुभयो, “दर्शकको माग बमोजिम अब प्रोजेक्टरमार्फत चलचित्र प्रदर्शन गर्नेछौँ ।” आउँदा दिनमा पनि नेपालीपन बोकेको कथालाई दर्शकसम्म ल्याउने उहाँको भनाइ छ ।

लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्र ‘बुलाकी’मा निर्माता विष्टसँगै सुरक्षा पन्त, नरेन खड्का, लक्ष्मी गिरीलगायतले अभिनय गर्नुभएको छ ।

चलचित्र वितरण कम्पनी एफडीका अध्यक्ष छविराज ओझाले निर्माताले चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेको जानकारी दिनुभयो । “निर्मातामार्फत आएको जानकारीलाई हामीले चलचित्र भवन सञ्चालकसम्म पु¥याइसकेका छौँ । टिकट बिक्री नभएका शो रोकिसकेका छन् । टिकट बिक्री भएका शो भने आज रोकिँदैनन”, उहाँले भन्नुभयो । अनुसार सोमबारदेखि पूर्णरूपमा सो चलचित्रको प्रदर्शन रोकिने बताइएको छ ।  रासस

Related News

सम्बन्धित समाचार

  • अभिनयमा डेब्यु गर्दै मनाङे

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८०
    पोखरा। गण्डकी प्रदेशका सदस्य एवं पूर्व मन्त्री राजीव गुरुङ ‘मनाङे’ आफ्नै फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएका छन् । अभिनेता अभिनेता…
  • श्रीराम सिग्देललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८०
    पोखरा । यस वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान पोखराका पत्रकार श्रीराम सिग्देललाई प्रदान गरिएको छ । चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय…
  • घनश्यामको निर्देशनमा ‘चित्रा’ बन्ने

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । फिल्म निर्देशक घनश्याम लामिछानेको निर्देशनमा फिल्म ‘चित्रा’ निर्माण हुने भएको छ । रामनवमी अवसरमा घोषणा गरिएको फिल्म भदौदेखि छायाङ्कनमा…
  • मगर संस्कृतिमा आधारित फिल्म ‘उखान’

    आदर्श समाज सम्वाददाता फागुन २७, २०७९
    पोखरा । नेपाली र मगर भाषामा निर्मित कथानक चलचित्र ‘उखान’ आगामी चैतमा पोखरामा प्रदर्शन हुने भएको छ । फिल्म युनिटले शुक्रबार…
  • प्रोमोसनका लागि ‘ह्यारीकी प्यारी’ टिम पोखरामा

    आदर्श समाज सम्वाददाता माघ १५, २०७९
    पोखरा । माघ २० गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘ह्यारीकी प्यारी’ टोली प्रमोसनका लागि पोखरा आएको छ । राजधानी बाहिर…

hero news full width