पोखरा । कास्कीको रिभानमा भएको जातीय छुवाछूतको घटनामा संलग्न व्यक्तिमाथि कारवाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले माग गरेका छन् । प्रतिनिधि सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
कास्कीबाटै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने रास्वपाका सांसद नेपालीले कास्कीमा गत फागुन २५ गते दलितले छोएको भन्दै भतेर घोप्ट्याइएको र उक्त घटनामा वडा अध्यक्ष रामजी लामिछाने र स्थानीय सरीता लामिछानेमाथि कडाभन्दा कडा कारवाहीको माग गरेका छन् ।
उनले फरार रहेका दुवै जनालाई पक्राउ गरेर कानुनी कठघरामा ल्याउन माग गरेका हुन् । २१ आंै शताब्दीमा पनि यस्तो छुवाछूतजन्य कार्य हुनु निन्दनीय कार्य भएको उनको भनाइ थियो । देशमा गणतन्त्र आए पनि दलित समुदायलाई गणतन्त्रले नछोएको नेपालीको टिप्पणी छ ।
उनले भने, ‘दलितले छोएको भन्दै भतेर घोप्ट्याइएको भन्ने शीर्षकमा समाचार आएको छ कास्कीमा । कास्कीजस्तो शिक्षित जिल्लामा गत फागुन २५ गतेको घटना, दलितले छोएको भन्दै भतेर घोप्ट्याउने घटना भएको स्थान हो । जुन अति निन्दनीय काम भएको छ । फरार वडा सदस्य रामजी लामिछाने र स्थानीय सरिता लामिछानेलाई म कडाभन्दा कडा सजाय दिनहुन यो सम्मानित सदनबाट सरकारको ध्यानाकर्षण गराउँछु, यो २१ औ शताब्दिमा जुन निन्दनीय कार्य भइरहेको छ । यो एकदमै खेदपूर्ण छ ।’
गणतन्त्र आयो, लोकतन्त्र आयो भनेर भाषणमा मात्रै भनेका छौ । सम्बन्धित यो समुदाय ९दलित०लाई कहिले पनि यो गणतन्त्र र लोकतन्त्रले छोएको छ जस्तो लाग्दैन । त्यसै कारणले गर्दा फरार रहेका व्यक्ति वडा अध्यक्ष रामजी लामिछाने र स्थानीय सरिता लामिछाने कडा भन्दा कडा कारवाही गरियोस ।’
Related News
सम्बन्धित समाचार
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
hero news full width
मुख्य समाचार
तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०