पोखरा । शीतलादेवी राम्चे मन्दिर भएको ठाउँ आसपासमा खर्क नै खर्क थिए । खर्कमा लगिएका पशुचौपायाको सुरक्षा हुने विश्वासका साथ खर्सु रुखको फेदमा शीतलादेवी राम्चेकोे थान खडा गरी पूजाआजा थालिएको थियो । किसानहरूले पूजा गरेपछि समस्याबाट मुक्ति पनि पाए,’ यो किंवदन्ती सुनाउँदै थिए पं. वेदप्रसाद पौडेल । १८६० साल ताका त्यहाँ देवीको पूजा सुरु भएको थियो । वेदप्रसादका बुबा देवीदत्त २०११ सालदेखि सोही मन्दिरमा पूजारी थिए । शीतलादेवी राम्चेमा औंसीको दिनबाहेक सबै दिनमा पूजा हुन्छ, विशेष गरी बडादसैं र चैते दसैं, बालाचतुर्दशी, शिवरात्रिमा भक्तजनको घुइँचो लाग्छ । धान रोपाइँ सुरु गर्दा र दाइँ राख्नु अघि देवीको पूजा गर्नै पर्ने स्थानीयको विश्वास छ ।
मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले आठौं चैतेदसैं मेला आयोजना गरिएको छ । प्रदेश सांसद नन्दकली नेपालीले मेला उद्घाटन गर्दै सो क्षेत्र आफ्नो गृह क्षेत्र भएको र पिछडिएकाले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल गर्ने उल्लेख गरिन् । उनले भनिन्, ‘मलाई सासू ससुराबाट प्रेरणा मिलेको छ, राम्चेदेवी क्षेत्रको विकासमा प्रतिबद्ध छु ।’ उनले वडा, गाउँपालिका र प्रदेशसँग समन्वय गरी काम गर्ने बताइन् ।
फेदीखोला ४ का अध्यक्ष ख्यामनारायण पौडेलले सडक स्तरोन्नति र बिस्तारका लागि पहल गर्ने बताउँदै मेला सञ्चालनका लागि वडाबाट आफ्नो कार्यकालभरि वार्षिक १ लाख विनियोजन गर्ने घोषणा गरे ।
राम्चेदेवी मन्दिर व्यवस्थापन समितिका सल्लाहकार मे. दिलबहादुर गुरुङले गुरुयोजना नै बनाएर अघि बढिएको बताए । उनले भने, ‘धार्मिक शक्ति प्राप्त भएको छ, मन्दिर निर्माण गरिएको छ, लिफ्टिङ गरेर खानेपानी व्यवस्थापनको प्रयास गरिएको छ ।’ सल्लाहकार गुरुङ ढिकी चौरमा प्याराग्लाइडिङ, राम्चेदेवी मन्दिरसम्म हाइकिङ, चील डाँडामा पार्क लगायतको संरचना निर्माण तथा व्यवस्थापनको पहल भइरहेको बताउँछन् । मन्दिर क्षेत्रमा बिजुली, पानी, शौचालय र घामपानीबाट बच्न ट्रस्टको व्यवस्थापन सामान्यरुपमा भइसकेको छ । पन्चासे क्षेत्र विकास समितिको २ लाख सहयोगमा १ ट्रस्ट निर्माण भएको हो । पञ्चासेबाट डेढ घन्टा र पुम्दीकोटबाट करिब २ घन्टा पैदल यात्रामा राम्चेदेवी पुग्न सकिने गुरुङ बताउँछन् ।
मन्दिर व्यवस्थापन समिति अध्यक्ष राजकुमार ढकालले आफूहरूले सो क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउन प्रतिबद्ध भए पनि गाउँपालिकाबाट उचित सहयोग प्राप्त नभएको गुनासो गरे । उनले भने, ‘हामीले यस क्षेत्रको विकासका लागि धेरैतिरबाट पहल गरिरहेका छौं तर गाउँपालिकाले कालाभैरव मन्दिरलाई सहयोग गरे पनि शीतलादेवी राम्चे मन्दिरलाई वास्ता गरेन ।’ अध्यक्ष ढकालले खानेपानी, पूजारी आवास र सडक प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
मेलाअन्तर्गत सञ्चालित पुरुष फुटबल प्रतियोगितामा ढुकढुकी युवा क्लब आयोजक ‘ए’ लाई पराजित गर्दै परिवर्तन युवा क्लब खर्केटारी विजयी भएको शीतला युवा क्लब अध्यक्ष दीपेन्द्र पौडेलले बताए । विजेताले ३० हजार र उपविजेताले २० हजार पुरस्कार प्राप्त गरे । विजेतालाई पोखरा १० का पूर्व अध्यक्ष राजकुमार गुरुङ र फेदीखोला ४ का अध्यक्ष पौडेलले पुरस्कार वितरण गरे । प्रथम पुरस्कार प्रायोजन गलेम राँपुमा जन्म भई युकेमा बस्नेहरूले गरेका थिए भने द्वितीय पुरस्कार वडाध्यक्ष पौडेलको पहलमा उनका भतिज युवराज पौडेल (ईश्वर) ले नेदरल्यान्डबाट गरेका थिए । प्रतियोगितामा ७ टिमले भाग लिएका थिए ।
सो क्षेत्रको प्रचारका लागि चैतेदसैंमा ८ वर्षदेखि मेला गरिएको छ । कार्यक्रममा चन्दादाता तथा विभिन्न सहयोगदातालाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रमबीच नवनिर्मित ट्रस्टको प्रदेश सांसद् नेपालीले उद्घाटन गरिन्् । कार्यक्रम सञ्चालन सुभाष लामिछाने र शीतला माविका प्रअ तुलसीराम पौडेलले गरेका थिए । क्लब सचिव चेतबहादुर गुरुङले स्वागत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गोरखाको अकला मन्दिरको काम अपुरो, ठेकेदार बेपत्ता
अचम्मको संस्कृति : आगो पुज्न २२ गाउँका दरै एकै ठाउँ
नागेश्वर मन्दिरमा विष्णुप्रसाद
आध्यात्मिक ज्ञानले नैतिकवान् बनाउँछ : ब्रह्मकुमारी परिणिता
लेखनाथमा धिमे बाजा प्रशिक्षण
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०