दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७९
deepshikha

पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल परियोजना र पोखरा २९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयबीच परियोजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

पुस्तकालयतर्फबाट अध्यक्ष कृष्णहरि भण्डारी र परियोजनातर्फबाट रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठको उपस्थितिमा हस्ताक्षर गरिएको हो ।

सम्झौताअनुसार परियोजनाबाट लक्षित समुदायका विद्यालयबाट पिछडिएका, प्रविधिको पहँुच नपुगेका कक्षा ९ देखि १२ सम्मका अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका प्रयक्ष रुपमा ५५ जना किशोरीहरु लाभान्वित हुने बताएको छ ।

पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, वडा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, पोखरा महानगरपालिका शिक्षा महाशाखाका शाखा अधिकृत बद्रीनाथ सुवेदी, कार्यपालिका सदस्य निर्मला पौडेल विभिन्न विद्यालयका प्रअ, आदर्श युवा क्लब अध्यक्ष पदम गुरुङ लगायत पुस्तकालय व्यवस्थापन समितिका पदाधिकारी र कर्मचारीको उपस्थिति थियो । कार्यक्रम सञ्चालन पुस्तकालयका सचिव पदमप्रसाद अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रास्वपा पोखरा २६ गठन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा २६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेलाले वैकुण्ठ बरालको अध्यक्षतामा तदर्थ वडा समिति गठन गरेको छ ।…
  • सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा ९ वडा कार्यालयले शनिबार पोखरामा सार्वजनिक सुनुवाइ गरेको छ । वडावासीले सोधेका प्रश्नका जवाफ दिँदै वडाध्यक्ष दीपेन्द्र…
  • मगर संघ बुढीबजारमा रामबहादुर

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    लेखनाथ । नेपाल मगर संघ बुढीबजार इकाइ समितिको शुक्रबार ११ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले रामबहादुर रानामगरको अध्यक्षतामा…
  • हेम्जा बोर्डिङमा जुरेस

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । हेम्जा बोर्डिङ स्कुलमा जुनियर रेडक्रस सर्कल गठन भएको छ । विद्यार्थीहरुको भेलाले रिया दर्नालको अध्यक्षतामा नया समिति गठन…
  • कल्याण शेरचन प्रतिष्ठानमा पूर्णबहादुर

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठान अध्यक्षमा पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ । शनिबार पोखरामा…

hero news full width