पोखरा । आलोचनाको एक अक्षर पनि सुन्न नचाहने चरित्र सत्ताको हुन्छ । लेखकहरु भने देखेका विकृति विसंगतिका बारेमा खुलेर लेख्न चाहान्छन् । नेपाली लेखक संघ केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठ भन्छन्, ‘लेखक स्थायी प्रतिपक्ष हो, सत्ताको आड भरोसा लिन खोजे लेखन विचलित हुन्छ ।’ नेपाली लेखक संघ कास्कीले शनिबार गरेको लेखक कृति पुरस्कार २०७८ अर्पण तथा श्रष्टा सम्मान कार्यक्रममा उनी बोल्दै थिए । जुन कार्यक्रममा दीपक समीपकृत मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ लाई कृति पुरस्कार र प्राडा भूपति ढकाल कमल लाई श्रष्टा सम्मान अर्पण गरिएको छ ।
नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवसमेत रहिसकेका श्रेष्ठले लेखक मरुभूमिको यात्री हो भन्दै मरुभूमिको यात्रामा चारैतिर हरियाली खोजेर नहुने भनाइ राखे । नेपाली लेखक संघ लोकतन्त्रप्रति आस्था राख्ने भए पनि पार्टीभित्रका अशिष्ट, अमर्यादाको बर्खिलापमा लेख्न लेखकहरु स्वतन्त्र रहेको बताए । मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ले कृति सम्मान पाएकोप्रति टिप्पणि गर्दै उनले चोटिलो र रसिलो भए पनि मुक्तकलाई साहित्यको विधाका रुपमा स्वीकार गर्न आनाकानी गरिएकोप्रति उनले असहमति जनाए । भीमदर्शन रोक्कादेखि अम्बर गुरुङ, बालकृष्ण सम, भूपि शेरचन, हरिभक्त कटुवालहरु मुक्तकबाटै उठेको प्रसंगलाई नभुल्न उनले आग्रह समेत गरे । उनले लेखक संघले २० लाख रुपैयाँ अक्षयकोष रहनेगरी राष्ट्रिय पुरस्कार स्थापना गर्न लागेको जानकारी उनले गराए ।
नेपाली लेखक संघ कास्कीद्वारा दीपक समीपको ‘अक्षर अक्षरमा देश’ लाई कृति पुरस्कार र प्राडा भूपति ढकाल कमललाई श्रष्टा सम्मान प्रदान
कार्यक्रममा सम्मानित व्यक्ति प्राडा भूपति ढकाल कमलले प्रजातन्त्रको रक्षाका लागि आफूले निरन्तर कलम चलाएको स्मरण गरे । पुरस्कृत कृतिका श्रष्टा समीपले लमजुङमा हुर्केर पोखरा पढ्न आउँदा पोखरेली युवा सास्कृति परिवारले फोरम उपलब्ध गराएकै कारण अहिले आफू यो अवस्थामा आएको बताए । युवामञ्चमा आफ्नो पहिलो मुक्तक छापिएको स्मरण गर्दै उनले यी र यस्तै घटनाक्रमले साहित्यिक फाँटमा आफू परिचित भएको बताए । मुक्तकलाई अझै पनि साहित्यको मुलधार स्वीकार नगरिएको प्रति उनले पनि असन्तुष्टि जनाए । उनले भने, ‘लोकप्रिय तर हेपिएको विधा हो मुक्तक, म यसैमा रमाएको छु ।’
छनोट समितिका संयोजक डा. ईश्वरमणि अधिकारीले संघले ७ वटा कृति उपलब्ध गराएकामा तीमध्येबाट दीपकको कृति छनोटमा परेको बताए । ४० को दशकको उत्तरार्धबाट नेपाली साहित्य साधनामा निरन्तर क्रियाशील समीपको यो दोस्रो प्रकाशित कृति हो । यसअगाडि उनको ‘भूगोलभित्र नकोरिएको देश’ गजलसंग्रह प्रकाशित छ । गणेश शर्माको अध्यक्षतामा रहेको कार्यसमितिले २०७५ सालमा स्थापना गरेको सो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । उक्त पुरस्कारबाट सरोज अर्यालद्वारा लिखित उपन्यास ‘दिव्याञ्जलि’ (२०७५) र डा. मतिप्रसाद ढकालद्वारा लिखित कृति ‘महाभारतमा के छ ?’ (२०७७) पुरस्कृत भइसकेको अध्यक्ष सञ्जीव पौडेलले बताए । कार्यक्रममा संघ कास्की पूर्व अध्यक्ष गणेश शर्माले पुरस्कारका बारेमा भनाइ राखेका थिए भने सहसचिव प्राञ्जलले स्वागत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
वात्स्यायनको अभिनन्दन तथा रथारोहण
देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण
रत्नमानको ३ भाषाको पुस्तक
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९