अलि मियाँ प्रतिष्ठानमा नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
माघ १४, २०७९
ali miya

पोखरा । अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान पोखराको वार्षिक साधारण सभाले हनिफा मियाँको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष हरिदेवी कोइराला, सचिव पदमराज ढकाल, कोषाध्यक्ष फडिन्द्र अकिञ्चन र सहसचिव धर्मराज अल्पायु चयन भए ।
सदस्यहरु लोकचन्द्र खनाल, पदमराज उदासी, सरिता गायक, कृष्णप्रसाद गौतम, समिउन निशा, किरण ओझा, रामबाबु गुरुङ र अम्बिका भण्डारी छन् ।
साधारण सभा पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख डा. कुसुमकार न्यौपानेले उद्घाटन गरेका थिए ।

प्रमुख न्यौपानेले कवि अलि मियाँले ठेट नेपाली भाषामा जनताका समस्यालाई लोकगीतमार्फत् उजागर गरेको उल्लेख गर्दै आज भाषामाथि आक्रमण बढ्न थालेको उल्लेख गरे ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेल, धर्मराज सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदन थापा, साहित्यकार ऋषिकेश बराल, भीम रानाभाट र लक्ष्मण वियोगीले मन्तव्य राखेका थिए ।

प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सह–सचिव धर्मराज अल्पायुले स्वागत तथा कोषाध्यक्ष फडिन्द्र अकिञ्चनले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width