पोखरा । गण्डकी प्रदेश सरकार मातहत वन र भूसंरक्षणमा कार्यालयहरुमा कार्यरत ५२ कर्मचारीको बढुवा भएको छ । कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएको प्रदेश निजामती सेवा अध्यादेशलाई टेकेर ती कर्मचारीको बढुवा भएको हो । बढुवा तथा तह वृद्धिका लागि गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असोज २६ मा सूचना निकालेको थियो । निर्वाचन आचारसंहिताका कारण रोकिएको बढुवाको नतिजा अहिले माघ ३ मा प्रकाशन गरिएको छ ।
प्रदेश निजामती सेवा अध्ययादेश २०७९ को दफा २७ वमोजिम उनीहरुको बढुवा माघ १ गतेबाटै लागु हुने वन, वातावरण तथा भूरसंरक्षण मन्त्रालयका सचिव बद्रीनाथ ढुंगानाले बताए । बढुवा हुनुअघिको पदमा कम्तीमा ५ वर्ष सेवा अवधि पार गरेको र कार्यसम्पादन मूल्यांकनमा ९५ अंक पार गरेकाहरुको पदोन्नती भएको हो । बढुवाका लागि ५५ जनाको निवेदन परेकामा १ निवेदन सुरुमै अस्वीकृत भएको थियो । बाँकी २ जना बढुवा सूचीमा परेनन् ।
अधिकृतस्तर नवौं तहबाट दसौं तहमा ९ जनाको बढुवा भएको छ । उनीहरु सबै उपसचिव हुन् । उनीहरुको १ तह वृद्धि भए पनि सहसचिव सरहको पद भने ११ औं तह हो । यसैगरी अधिकृतस्तर सातौंबाट आठौंमा ३२ जनाको बढुवा भएको छ भने सहायकस्तर पाँचौंबाट अधिकृतस्तर छैटौंमा ११ जना बढुवा भएका छन् ।
मन्त्रालयका अनुसार नवौंबाट दसौंमा बढुवा हुनेमा इन्द्र्रप्रसाद अधिकारी, केदार बराल, मुकुन्दप्रसाद अधिकारी, तोयनाथ पौडेल, अशोककुमार श्रेष्ठ, मोहनराज काफ्ले, घनश्याम ढकाल र कोमलराज काफ्ले छन् । सातौंबाट आठौंमा बढुवा हुनेमा नवीन विश्वकर्मा, सरोज पन्थी, तीलबहादुर थापा, गोविन्दबहादुर थापा, रामबहादुर विक, कमल लम्साल, सफलता श्रेष्ठ, राजेश पौडेल, सन्दिप पौडेल छन् । यसैगरी गुञ्जन गहतराज, सन्तोष पोखरेल, सागर खतिवडा, सूर्यबहादुर देवकोटा, मदन कँडेल, लक्ष्मी केसी, मनकुमार छन्त्याल, बालकुमार नेपाली, प्रतीक्षा पनेरु र सन्तोष खनाल पनि अधिकृत सातौंबाट आठौंमा बढुवा भएका छन् । अरुण पराजुली, केशव पुडासैनी, काशिराज पण्डित, राजकुमार श्रेष्ठ, चन्द्रमणि सापकोटा, ममता शर्मा, प्रविण पौडेल पनि अधिकृत आठौं भएका छन् । यसैगरी कपिल ढुंगाना, चन्द्रप्रकाश सेढाईं, श्यामसुन्दर अधिकारी, प्रकाश गिरी, शम्भुकुमार मिश्र र महेन्द्रकुमार मण्डल अधिकृत सातौंबाट आठौं भएका छन् ।
सहायकस्तर पाँचौंबाट अधिकृतस्तर छैटौंमा बढुवा हुनेमा दीपेन्द्र क्षेत्री, ईश्वर पुरी, बद्रीनाथ सापकोटा, वसन्त दाहाल, सिर्जना केसी, विवेक तामाङ, उमंग बराल, गीताकुमारी शर्मा, नारायण पौडेल, कृष्णप्रसाद सुवेदी र लक्ष्मी सुवेदी छन् ।
संघीय सरकारले निजामती सेवा ऐन ल्याउन आलटाल गरेका कारण प्रदेश तहमा पनि ऐन बन्न नसक्दा समायोजन रोजेर आएका कर्मचारीको वृत्ति विकास रोकिएको थियो । यसै विषयलाई महसुस गरी पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले असोज ६ गते प्रदेश निजामती सेवा अध्यादेश र स्थानीय तह सेवा सञ्चालन सम्बन्धी अध्यादेश ल्याएको छ । अध्यादेशलाई टेकेर बढुवाका लागि तत्कालै सूचना प्रकाशन भए पनि निर्वाचन आचारसंहिताका कारण काम रोकिएको थियो । अहिलेको यो बढुवाबाट अधिकृतस्तर नवौं तहका कर्मचारी त्यति सन्तुष्ट भने छैन । किन भने प्रस्ताव गरिएको संघीय निजामती ऐनको विधेयकमा प्रदेशमा समायोजन भएपछि एक तह बढुवा भएपछि थप अर्को तहमा बढुवा हुन नपाइने प्रावधान राखिएको छ । यदि यो प्रावधान आएमा हाल सहसचिवको लाइनमा रहेका उपसचिवहरुलाई मार पर्ने छ । त्यसो त यसको विरोधमा कर्मचारी संगठनहरुले आवाज उठाइरहेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
आज सहिद दिवस
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
hero news full width
मुख्य समाचार
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
माघ १५, २०७९