पोखरामा आठौं पेक एक्स्पो सुरु

आदर्श समाज सम्वाददाता
पौष ८, २०७९
PEC 1

पोखरा, ८ पुस । पोखरा इञ्जिनियरिङ कलेजको आयोजनामा आठौं पेक एक्स्पो २०७९ शुक्रबारबाट सुरु भएको छ । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले एक्स्पोको उद्घाटन गरेका थिए ।
इञ्जिनियरिङ विषयका विद्यार्थीलाई उनीहरुको प्रतिभा देखाउने प्लेटफर्म उपलब्ध गराउने उद्धेश्यले यो एक्स्पो आयोजना गरिएको कलेजका प्रिन्सिपल रोजना जोशीले जानकारी दिइन् । दुई दिन सम्म चल्ने एक्स्पोमा विभिन्न ३८ स्टल रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै कुलपति गुरुङले देश र समाजको विकासमा विज्ञान र प्रविधिको ठूलो भूमिका हुने भनाई राखे । विद्यार्थीहरुबाट समेत धेरै विचार र प्रविधिहरु सिक्न सकिने अवसर यस्ता प्रदर्शनीले प्रदान गर्ने उनले बताए । कलेजका संस्थापक स्व इञ्जिनियर.लेखबहादुर गुरुङले कलेज स्थापना गरेर उदाहरणीय काम गरेको स्मरण पनि कुलपति गुरुङले गराए ।
एक्स्पो अन्तर्गत टेक्निकल एक्जिविसन, इन्टर कलेज सफ्टवेयर प्रतिस्पर्धा, भूकम्प प्रतिरोधि डिजाइनहरु, आर्किटेक्चरल डिजाइन र मोडल समावेश छन् । यसैगरी कम्प्युटर गेम सम्बन्धी प्रतिस्पर्धा, इन्टर कलेज स्टल डिजाइन, प्रोजेक्ट प्रदर्शनी र सूचना प्रविधि सम्बन्धी सचेतना पनि एक्स्पोमा रहेका छन् ।

प्रोजेक्ट प्रदर्शनी अन्तर्गत एन्टि थेफ्ट प्रणाली, सडक सुरक्षा प्रणाली, मेरो भोट प्रविधि, होम अटोमेसन प्रणाली, रोबटिक आर्म र फिंगर लक सिस्टम रहेका छन् । एग्रोमार्ट वेबसाइट, सांस्कृतिक घर, स्तुपा, अन्तर्राष्ट्रिय भवन, ल्याण्डस्केप डिजाइन मोडल, प्राचिन डिजाइन सम्बन्धी मोडलहरु, मेजर आर्किटेक्चरल भवन, पानी वितरण प्रणाली, इ–रोड, मिनी हाइड्रोपावर र सिवेज ट्रिटमेन्टलाई पनि प्रोजेक्ट अन्तर्गत समेटिएको छ । निशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा कूल ८० यस्ता प्रोजेक्ट समावेश रहेको कलेजका प्रशाशक हिमलाल भुसालले जानकारी दिए ।

एक्स्पो उद्घाटनका अवसरमा विभिन्न नाचहरु पनि प्रस्तुत गरिएको थियो । सो कलेज संचालक समितिका अध्यक्ष हिरा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी विश्वविद्यालयका रजिस्टार डा कैलाश तिमिल्सिना, सीटीईभीटी गण्डकीका निर्देशक प्रमोद आचार्य र आयोजक कलेजका निर्देशक डा.शैलेश गुरुङले भनाई राखेका थिए । कलेजकी विद्यार्थी नम्रता लम्सालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम विद्यार्थीहरु विरेन्द्र जिसी र अग्रता शर्माले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार   

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    म्याग्दी ।  देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष…
  • सर्प संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रम भएको छ । पोखरा महानगरपालिका २५ को…
  • अपांगता भएकालाई व्यावसायिक तालिम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । पोखरा महानगर वडा नम्बर १ को आर्थिक सहयोग तथा आवजविहीन जनताको साथी पोखराको आयोजनामा पोखरा १ मा बसोबास…
  • बनेका धारा भत्किन थाले तर पानी आएन   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    बलेवा ।  खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…

hero news full width