अपांगता भएकालाई व्यावसायिक तालिम

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०८१
training news aabajbihin ko aabajf

पोखरा । पोखरा महानगर वडा नम्बर १ को आर्थिक सहयोग तथा आवजविहीन जनताको साथी पोखराको आयोजनामा पोखरा १ मा बसोबास गर्ने अपांगता भएका व्यक्तिहरूलाई हर्पिक तथा फिनेल उत्पादन तालिम दिइएको छ । तालिममा अपांगता भएका व्यक्ति तथा उनीहरुका सहयोगी गरी ३० जनाको सहभागिता रहेको आवजविहीन जनताको साथीका सचिव श्रीकान्त सापकोटाले जानकारी दिए । तालिममा दृष्टिविहीन उद्यमी सुशील गोदारले सहजीकरण गरेका थिए ।

तालिम उद्घाटन गर्दै पोखरा १ का वडाध्यक्ष साहारा प्रधानले आगामी वर्ष अपांगता भएका व्यक्तिहरूको तथ्यांक अद्यावधिक गरी थप कार्यक्रम राख्ने प्रतिबद्धता जनाए ।
संस्थाका अध्यक्ष शोभा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक सुशील गोदार, संस्कृत माविका प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, वडा सदस्यहरू शोभा गुरुङ, जुगमाया दमाई, जुमकाजी गुरुङलगायतले मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width