पुरुष भलिबलमा एपिएफलाई स्वर्ण

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७९
male volleyball

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा एपिएफले स्वर्ण जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार फाइनलमा त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।

एपिएफले २५–२१, २७–२५ र २६–२४ मा आर्मीलाई हराउँदै स्वर्ण जितेको हो ।

एपीएफका प्रशिक्षक पुष्प मल्लले आर्मीको रिसिभ समेत कमजोर हुँदा अंक बटुल्न सफल भएको बताए ।

आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपीएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो ।

यसअघि छैटौं राष्ट्रिय खेलकुदमा एपीएफले स्वर्ण जितेको थियो । नवौंमा महिला भलिबलतर्फ पनि बुधबार म्याग्दीको बेनीमा एपीएफले पुलिसलाई हराएर स्वर्ण जितेको थियो ।

कास्य पदक भने गण्डकीले प्राप्त गर्यो । नेपाल पुलिसले गण्डकी प्रदेशलाई ३–० मै समेटेको हो ।

प्रतियोगिताका अधिकांश खेल ३–० मै टुंगिएका थिए । खेलमा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिम सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित   

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    वालिङ । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ । भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा…
  • पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आगामी जेठ २ देखि ५ सम्म प्रथम क्लबस्तरीय पुरुष भलिबल आयोजना गर्ने भएको…
  • टाइगर कपको आयव्यय सार्वजनिक, साढे १८ लाख बचत

    आदर्श समाज सम्वाददाता वैशाख ३१, २०८१
    पोखरा । पोखरामा गत माघमा भएको टाइगर कप भलिबलको आयव्यय सार्वजनिक गरिएको छ । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • भलिबलको सेमिफाइनल समीकरण

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । घान्द्रुकमा जारी ‘पर्यटन महोत्सव’ मा पुरुषतर्फ क्लबस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । क्लबस्तरीय भलिबल प्रतियोगितामा…

hero news full width