एपिएफ, बागमती र पुलिस विजयी

आदर्श समाज सम्वाददाता
असाेज २९, २०७९
womens volleyball

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबलमा शुक्रबार एपिएफ, नेपाल पुलिस र बागमती प्रदेशले जीत हात पारेका छन् ।

म्याग्दीको बेनीस्थित खुला मञ्च खेलमैदानमा भएको पहिलो खेलमा एपिएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश १ र नेपाल पुलिस क्लवले लुम्बिनीलाई लाई पराजित गरेका हुन् । तीन वटै खेल लगातार सोझो सेटमा सकिएको थियो ।

एपिएफले कर्णालीलाई २५–६, २७–२ र २५–७, बागमतीले प्रदेश एकलाई २५–१७, २५–१२ र २५–१२ तथा पुलिसले लुम्बिनीलाई २५–१०, २५–११ र २५–१९ को सोझो सेटमा हराएका हुन् ।

शुक्रबारको खेलमा एपिएफकी पवित्रा भट्ट, बागमतीकी सलिना बुढाथोकी, र पुलिसकी लक्ष्मी चन्द्रले वुमन अफ म्याच बने ।

बिहीबार उद्घाटन खेलमा गण्डकीले सुदूरपश्चिमलाई सोझो ३ सेटमा पराजित गरेको थियो ।

समूह विजेता बन्दै गण्डकी र नेपाल पुलिस क्लव क्वाटर फाइनलमा प्रवेश गरेका छन् । शनिबार कर्णाली प्रदेश र त्रिभुवन आर्मी, मधेश प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ । कात्तिक २ सम्म सञ्चालन हुने प्रतियोगितामा एनआरएनबाहेक सबै टिमले भाग लिएका छन् । प्रतियोगिता लिक कम नकआउट आधारमा खेलाइएको प्रतियोगिता संयोजक यामबहादुर गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित   

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    वालिङ । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ । भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा…
  • पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आगामी जेठ २ देखि ५ सम्म प्रथम क्लबस्तरीय पुरुष भलिबल आयोजना गर्ने भएको…
  • टाइगर कपको आयव्यय सार्वजनिक, साढे १८ लाख बचत

    आदर्श समाज सम्वाददाता वैशाख ३१, २०८१
    पोखरा । पोखरामा गत माघमा भएको टाइगर कप भलिबलको आयव्यय सार्वजनिक गरिएको छ । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • भलिबलको सेमिफाइनल समीकरण

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । घान्द्रुकमा जारी ‘पर्यटन महोत्सव’ मा पुरुषतर्फ क्लबस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । क्लबस्तरीय भलिबल प्रतियोगितामा…

hero news full width