पुरुष भलिबलमा गण्डकी समूह विजेता

आदर्श समाज सम्वाददाता
असाेज २९, २०७९
mens volleyball

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा शुक्रबारदेखि सुरु भएको खेलमा गण्डकीले वागमती प्रदेशलाई ३–१ सेटमा हराउँदै विजयी सुरुआत गरेको हो ।

समूह डिमा गण्डकी र वागमती मात्रै रहेकोले दुवै टिमले क्वाटरफाइनल चरण प्रवेश सुनिश्चित गरिसकेका छन् । दुई टिमले समूह विजेता बन्न प्रतिस्पर्धा गरेका हुन् ।

पहिलो सेट २५–२० ले परिणाम हात पारेको गण्डकीले दोस्रो सेट भने १५–२५ ले वाग्मतीलाई सुम्पियो । तेस्रो र चौंथो सेटमा गण्डकीले मौका दिएन । तेस्रो सेट २५–१८ ले जीत हात पार्दा चौंथो सेट सहज प्रतिस्पर्धामा २५–१४ ले गण्डकी विजयी भयो ।

उद्घाटन खेलमा विभागीय टिम पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । साविक विजेता पुलिसले २५–१६, २५–१२ र २५–११ को सहज जीत निकालेको हो । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा पुलिसले जितसँगै ३ अंक जोडेको छ ।

कुल ११ टिमध्ये समूह ‘ए’ मा पुलिस र कर्णालीसहित लुम्बिनी प्रदेश छन् । समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वागमती प्रदेश छन् ।

शनिबार पहिलो खेल एपीएफ र एनआरएनए, दोस्रो खेल त्रिभुवन आर्मी र प्रदेश १ र तेस्रो खेल पुलिस र लुम्बिनी प्रदेशबीच हुनेछ ।

फाइनल कात्तिक ३ मा हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित   

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    वालिङ । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ । भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा…
  • पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आगामी जेठ २ देखि ५ सम्म प्रथम क्लबस्तरीय पुरुष भलिबल आयोजना गर्ने भएको…
  • टाइगर कपको आयव्यय सार्वजनिक, साढे १८ लाख बचत

    आदर्श समाज सम्वाददाता वैशाख ३१, २०८१
    पोखरा । पोखरामा गत माघमा भएको टाइगर कप भलिबलको आयव्यय सार्वजनिक गरिएको छ । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • भलिबलको सेमिफाइनल समीकरण

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । घान्द्रुकमा जारी ‘पर्यटन महोत्सव’ मा पुरुषतर्फ क्लबस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । क्लबस्तरीय भलिबल प्रतियोगितामा…

hero news full width