हरिदवीको ‘यो घरमा लच्छिन छैन’

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७९
haridevi

पोखरा । महिलाहरुको महान् पर्व हरितालिका तीज आउन २ सातामात्र बाँकी छ । तीजेभाखाका गीतसंगीतले सहरबजारमा तीज नजिकिंएको आभाष दिलाउन थालेको छ ।

तीजकै मेरोमा पाटी प्यालेस एवं तारेहोटलहरुमा दरखाने कार्यक्रम हुने गरेका छन् । आधुनिकताको नाममा परम्परागत शैली चटक्कै भुलेर विकृत शैलीका गीत पनि नआएका होइनन् ।

पर्यटकीय सहर पोखरामा हुर्कीबढेर लामो समयदेखि तीजेगीतको संरक्षण लाग्ने एकपात्र पनि छन्–प्राज्ञ, साहित्यकार एवं वरिष्ठ लोकगायिका हरिदेवी कोइराला । उनले बर्सेनि तीजेभाखा पस्किन्छिन् । यत्ति फरक हो, पहिले क्यासेटमा आउने गीतजीत अहिले युट्युवमा आउँछन् ।

यस वर्षको तीजमा पनि उनले ‘यो घरमा लच्छिन छैन’ गीत सार्वजनिक गरेकी छिन् । वरिष्ठ लोकगायिका कोइरालाका अनुसार उनले २०४६ सालदेखि वर्षेनि तीजगीत ल्याउँदै आएकी हुन् ।

नेपाली लोकगीत क्षेत्रको मुर्धन्य स्रष्टा कोइरालाले आफ्नै लय, शब्द र संगीतमा यो गीत सार्बजनिक गरेकी हुन् । मौलिक लय शब्दमा आधारित यो गीतमा पारिवारिक विषयबस्तुलाई उठान गरिएको उनको भनाइ छ । गीतमा भगवान्लाई मिथकको रुपमा प्रयोग छ ।

समसामयिक गीतमा गाउन अब्बल मानिने कोइरालाका पाइन खबर, ऐना हेरेर, फुलको बासना, झिलझिल सितारा, दिलको ढोका, लालिफूल, फूलको गमला, उडिआयो रानी चरी, हाम्रा बाबाले, सरमैरानी लगायतका थुप्रै गीतहरु जिब्रोमा झुण्डिने गीत हुन् ।

Related News

सम्बन्धित समाचार

  • जादुयी स्वरकी धनी सिम्रन

    विजय नेपाल भाद्र ३०, २०८०
    पोखरा । संगीतको शक्ति कतिसम्म हुन्छ भन्ने कुरा यसमा रम्नेहरु पूरा जानकार छन् । सुमधुर संगीतमा डुबुल्की मार्दा मानिसले दुख…
  • सानै उमेरमा कलाकार बन्ने रहर

    आदर्श समाज सम्वाददाता भाद्र १३, २०८०
    पोखरा ।  कक्षा ७ का विकल विक बेलुन फुक्दै थिए । उनी साना भाइबहिनीजस्तो खेलाउन बेलुन फुकेका थिएनन् । महिलाको…
  • विक्रमको दोस्रो सिर्जना बजारमा

    आदर्श समाज सम्वाददाता श्रावण २१, २०८०
    पोखरा । गीतकार विक्रम पौडेलले तीजेगीत ‘फर्की हेर्‍यौ ..’ सार्वजनिक गरेका छन् । आफ्नै युट्युब च्यानल विक्रम पौडेलमार्फत उनले गीत…
  • पोखरा थिएटरमा पाठ्यक्रम लक्षित नाटक

    आदर्श समाज सम्वाददाता श्रावण १५, २०८०
    पोखरा । पोखरा थिएटरमा कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश…
  • इन्द्रधाराको ‘मुस्ताङे नानी’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता असार २९, २०८०
    पोखरा । किमी छ्योक्योङ गुरुङले निर्माण गरेको तामाङ सेलोमा आधारित ‘मुस्ताङे नानी’ नामक म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ ।…

hero news full width