लोकराजको ‘छाइल’ माथि विमर्श

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७९
Chhail

पोखरा । लोकराज भट्टको उपन्यास ‘छाइल’ पोखरेली पाठकले पनि रुचाएका छन् । डोट्याली सभ्यताको प्रतिविम्व बनेको उपन्यासले लयात्मक भाषामा सुदूरपश्चिमको चित्रण गरेको उनीहरुले बताएका छन् ।

‘पुछारसिटे अभियान’ को संयोजनमा प्रकाशक ‘बुक्स हिमालय’ ले हिमालयन रिडर्स कर्नर, पोखरामा आयोजना गरेको ‘छाइल विमर्श’ कार्यक्रममा पुस्तकको समीक्षा गरियो ।

‘यति मिठो भाषामा सुदूरपश्चिमको कथा भनिएको छ कि उपन्यासले पाठकलाई तानिराख्छ’, समीक्षक सञ्जीव पौडलले भने, ‘सुदूरपश्चिमको सभ्यताको छाया हो छाइल ।’ डोट्याली भाषाको शब्द ‘छाइल’को अर्थ हुन्छ छाया । ‘छाइल’मा सुदूरपश्चिम प्रदेशको डोटेली सभ्यताका छाया र प्रतिच्छाया सलबलाएका छन् । पुर्खाको इतिहास, संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई यसले उजिल्याउने जमर्को गरेको छ ।

कार्यक्रममा समीक्षक गौरी तमूले भनिन्, ‘सुदूरपश्चिमको सभ्यता र स्वाभिमानको कथा बोकेको उपन्यास छाइलमा काव्यात्मक भाषा प्रयोग गरिएको छ । यो पठनीय कृति हो ।’ उपन्यासमा अनाम गाउँका एक युवाको सपना र संघर्षको हृदय पगाल्ने कथा छ । यसले जीतुराजको बाल्यकाल र किशोरकाल हुँदै युवाकालसम्म उपन्यासले फन्को लगाएको छ ।

कार्यक्रममा पाठकका तर्फबाट हसिना बस्नेतले भनिन्, ‘छाइलमा बाल मनोविज्ञानको मिठो चित्रण गरिएको छ ।’ बेलाबेलामा डेउडा गाउँदै सुदूरपश्चिमका सांस्कृतिक अध्येता हेमन्त विवशले रोचक ढंगले कार्यक्रम चलाएका थिए ।

कार्यक्रममा छाइलका अर्का पाठक एवं पत्रकार घनश्याम पौडेलले भने ‘यति मिठो पारामा लेखिएको उपन्यास मैले यसअघि पढेको थिइनँ ।’

कार्यक्रममा साहित्यकार सरुभक्तले आशीर्वचन प्रदान गरेका थिए । उनले समाजको वास्तविक कथा बोकेको साहित्य नै मौलिक साहित्य हुनेमा जोड दिए ।

‘छाइल’ उपन्यास जस्तै कृति भोलि अनुवाद भएमा विश्व साहित्यले नेपालको अवस्था बुझ्नेछ’ उनले भने, ‘सुदूरपश्चिम, कर्नाली र हिमाली साहित्य अझै लेखिनुपर्छ ।’ प्रकाशन संस्थाका प्रमुख पवन शाक्यका अनुसार पोखराबाट सुरु भएको पुस्तक यात्रा क्रमशः चितवन, विराटनगर, नेपालगञ्ज हुँदै धनगढीसम्म पुग्नेछ ।

Related News

सम्बन्धित समाचार

  • र्‍ यान्डममा उपन्यास ‘अन्तर’ चर्चा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    …. पोखरा । र्‍ यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृंखलामा शनिबार रमेश सायनको उपन्यास ‘अन्तर’ को चर्चा गरिएको छ ।…
  • अमृतको ‘यादको कोलाज’ गृहलोकार्पण

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८०
    पोखरा । लेखक अमृत क्षत्रीको दोस्रो कृति ‘यादको कोलाज’ पोखरामा गृहलोकार्पण भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका…
  • कास्कीका रोहित र पर्वतका विजयको फोटो उत्कृष्ट

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८०
    पोखरा । कास्कीका रोहित गिरी र पर्वतका विजय शर्माको फोटोले उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । फोटोग्राफर संघ गण्डकीकोे पाँचौ…
  • ‘देवीरमण शालीन, भद्र शिक्षासेवी’

    आदर्श समाज सम्वाददाता भाद्र २१, २०८०
    पोखरा । देवीरमण शर्मा ‘शास्त्री’ लाई शालीन, भद्र शिक्षासेवीरुपमा स्मरण गरिएको छ । बिहीबार उनको १०८ औं जन्मजयन्ती अवसरमा आयोजित…
  • मोती जयन्तीमा गजल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता भाद्र १६, २०८०
    पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालले १५८ औं मोती जयन्ती पूर्व सन्ध्यामा मोतीराम भट्टको व्यक्तित्व र कृतित्वबारे चर्चासहित गजल प्रशिक्षण…

hero news full width