मिस सुनार २०२२ को अडिसन साउन २१ मा

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७९
Miss Sunar

पोखरा । मिस सुनार २०२२ को अडिसन साउन २१ गते हुने भएको छ । प्रतीक इभेन्टले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपालभरका विश्वकर्मा समुदायका १६ देखि २५ वर्षका युवती अडिसनमा सहभागी हुन पाउने कार्यक्रम संयोजक प्रतीक सुनारले जानकारी दिए ।

प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई विभिन्न चरणका कार्यक्रम गरी असोजमा फाइनल गरिनेछ । प्रतियोगीमध्ये टाइटल विजेताले १ थान स्कुटर, फ्रस्ट रनरअपले नगद ५० हजार र सेकेन्ड रनरअपले नगद २५ हजारसँगै म्युजिक भिडियोसँगै विदेश भ्रमणको अवसर प्राप्त गर्नेछन् ।

कार्यक्रमअन्तर्गत १ महिने प्रशिक्षण हुनेछ । जसमा प्रतियोगीले आत्मरक्षासम्बन्धी प्रशिक्षण, फेसन, व्यावसायिक शिक्षा, व्यक्तित्व विकास कला लगायत प्रशिक्षण दिइनेछ ।

Related News

सम्बन्धित समाचार

  • फिल्म राम्रो बुझेको छु : केसी

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको संरक्षणका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्…
  • चलचित्र पत्रकार संघको स्थापना दिवस

    आदर्श समाज सम्वाददाता असार २३, २०७९
    पोखरा । पोखरामा आजभन्दा झण्डै २ दशकअघि बिट पत्रकारिताको रुपमा उदाएको एउटा बिट हो–चलचित्र पत्रकारिता । २०६० असार २२ मा…
  • नाटक ‘केस नम्बर ३११’

    आदर्श समाज सम्वाददाता असार २, २०७९
    पोखरा । पोखरा थिएटरको प्रस्तुतिमा तयार ‘केस नम्बर ३११’ मञ्चन तयारी पूरा भएको छ । असार ३ देखि ११ सम्म…
  • सलमान खानलाई गोली हानेर मार्ने प्रयास भएको खुलासा

    आदर्श समाज सम्वाददाता जेठ २७, २०७९
    पोखरा । बलिउड स्टार सलमान खानको हत्या गर्ने असफल प्रयास गरिएको खुलासा भएको छ । लरेन्स विष्णोइ नामको संगठनले सलमानको…
  • आज चलचित्र महासंघ गण्डकी गठन

    आदर्श समाज सम्वाददाता जेठ १५, २०७९
    पोखरा । आदिवासी जनजाति चलचित्र महासंघ गण्डकी अध्यक्षमा माओत्सेतुङ गुरुङ चयन भएका छन् । पोखरामा शनिबार महासंघ केन्द्रीय अध्यक्ष अमृतबहादुर…

hero news full width