म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा अवस्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा साउनको पहिलो सोमबार पूजाआजा र दर्शन गर्ने भक्तजनको भीड लागेको छ । गलेश्वर शिवालयमा यस वर्ष साउन महिनाको पहिलो सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट भक्तजनहरुले पूजा गरेका हुन् । सोमबार म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवनलगायत जिल्लाबाट गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउने सोमबारमा गलेश्वर शिवालयमा भक्तजनहरुलाई लक्षित गरी विभिन्न १९ वटा समितिहरु गठन गरी उनीहरुलाई सहज रुपमा पूजाअर्चना गर्ने व्यवस्था मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए ।
अघिल्ला दुई वर्ष कोरोनाको कारणले गर्दा पूजाअर्चना गर्न नपाएका भक्तजनहरु यस वर्षको साउन महिनाको पहिलो सोमबार पूजा गरेका छन् । यसवर्ष पहिलो सोमबार २० हजार हाराहारीमा भक्तजनले गलेश्वर दर्शन गरेको क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।
साउने सोमबार हिन्दु महिलाको लागि विशेष दिन मानिन्छ । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । बेनीका महिला उद्यमी सिर्जना भट्टचनले मनोकामनासहित परिवारमा सुख, शान्तिका लागि शिवालयको दर्शन गरेको अनुभव सुनाइन् ।
हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा पछिल्लो पटक ११ वटा गौमुखी धारा जडान गरिएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्ष्य गरी पवित्र कालीगण्डकी नदीको गंगा जलले स्नान गर्ने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुँदै गएको छ ।
साउनको पहिलो सोमबार सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले पनि गलेश्वर शिवालयको दर्शन तथा पूजाअर्चना गरेका छन् । केही दिन पहिला पोखरा आएका पराजुली साउनको पहिलो सोमबार म्याग्दीको गलेश्वरमा परिवारसहित दर्शन गर्न आएको बताए । गलेश्वर क्षेत्र पछिल्लो समय उच्च सरकारी अधिकारीसहित स्वदेशी तथा विदेशीको रोजाइमा पर्दै जान थालेको छ ।
Related News
सम्बन्धित समाचार
बागलुङ कालिका मन्दिरको वार्षिक आम्दानी साढे २ करोड
सोमबारदेखि बोलबम
पञ्चश्री महायज्ञ समापन
धार्मिक सहिष्णुता नेपाली समाजको सबल पक्ष : मुख्यमन्त्री पोखरेल
महायज्ञमा २ करोड १४ लाख संकलन
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९