पोखरा । साहित्यकार ऋषिकेश बरालका २ कृति पूर्वि आर्य चिन्तन र छन्द सुरभि शनिबार एकसाथ लोकार्पण भयो ।
दुवै कृतिको वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीले लोकार्पण गरेका छन् । त्यस अवसरमा उनले आफू छन्दको ज्ञाता नभए पनि मनपर्ने बताए । साथै उनले अंग्रेजी कविता पनि छन्दमा लेखिएको उल्लेख गरे ।
स्रष्टाको प्रयास प्रशंसनीय रहेको चर्चा गदै उनले शास्त्रहरुको अध्ययनबाट प्राप्त ज्ञानलाई छन्दका माध्यमबाट जनसमक्ष ल्याइएकोमा पठनीय बनेको बताए । उनले भने, ‘कवितामा संकट आएको छ । स्रष्टाहरु सचेत भएर एउटा रचनालाई १५ औं पटकसम्म पनि परिमार्जन गर्नु पर्छ ।’ छन्त सुरभिको समीक्षा गर्दै डा. जगनाथ रेग्मीले महाकाव्य बन्न सक्ने रचनाको संग्रहको रुपमा रहेको कृतिमा सामाजिक चित्रण रहेको उल्लेख गरे । अर्का समीक्षक नारायणप्रसाद न्यौपानेले पूर्वी आर्य चिन्तनमा पूर्वीय सभ्यताको परिचय दिन खोजिएको बताए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले प्रतिष्ठानले स्रष्टालाई मञ्चको अभाव हुन नदिने कार्य भइरहेको जानकारी दिए ।
स्रष्टा ऋषिकेश बराल, साहित्यकार शिव त्रिपाठी, निर्मला अर्याल र सुरेन्द्रबाबु तिवारीले छन्दका कविता वाचन गरेका थिए । लेखनाथ साहित्य प्रतिष्ठान अध्यक्ष पद्मराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष छवि सुवेदीले स्वागत र सचिव कृष्णप्रसाद पौडेलले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
‘हिमालयको उत्पत्ति’ विमोचन
‘देश सम्झिएर’ पाठकमाझ
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९