लेखनाथ । मनसुन सुरु भए पनि झरीबादल र वर्षाको कुनै प्रवाह छैन, उनलाई । बिहान सबेरै उठ्नु र बेलुका अबेरसम्म ड्युटीमा खटिनु उनको दैनिकी हो ।
यहाँ सरुवा भएर आएको पनि ४ महिना बितिसक्यो । उनलाई पत्तै छैन । एक्लो अभियानमा तल्लीन छन्, उनी ।
असारको बर्खेझरी, बिहानीको सिमसिम पानीबीच पनि ड्युटीमा देखिन्छन् । सवारीसाधन रोक्ने, मिठो वचन बोल्ने र सवारी चेकजाँच गर्ने उनी चालक, यात्रु वा सर्वसाधारण सबैले चिन्छन् ।
उनी हुन्, पोखरा वडा ३० र २९ स्थित अस्थायी ट्राफिक पोस्ट गगनगौडाका प्रहरी नायव निरीक्षक बद्रीनाथ शर्मा तिमिल्सेना । आफ्नो समस्या थाँती राखेर जनताको सेवामा समर्पित छन् । भन्छन्, ‘सबैलाई चेतनाहोस्, हामी जनताको सेवक हौं । शासक होइनौं ।’
उनी यस्तो अभियानमा लागेका छन् कि ट्रक, बस, मिनीबस, माइक्रोबस, मोटरसाइकल, स्कुटर लगायतका गाडी रोकेर चेकजाँच गरी नागरिकको सुरक्षामा सधैं ध्यान दिन्छन् ।
गाडीमा राखिने सोली झल्लर, प्रेसर हर्न, बत्ती अनावश्यक रंगप्रति सजग, सचेत र सतर्क गराउने, आपराधिक घटना कम गर्ने उद्देश्यले प्रहरीको पहुँच छिटो र प्रभावकारी बनाउन एवं प्रहरी र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउने तथा नागरिकमा शान्तिसुरक्षाको थप अनुभूति दिलाउन यो अभियान सञ्चालन गरिएको प्रहरी नायव निरीक्षक शर्मा बताउँछन् ।
‘नेपाली समाज नै मुख्य कार्यथलो रहेको प्रहरीको समाजमा शान्ति सुव्यवस्था कायम गरी जनतामा पुग्ने अभियान नै मेरो मुख्य प्रमुख दायित्व हो,’ उनी भन्छन् ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
समितिको बैठकमा सभापतिमात्रै !
hero news full width
मुख्य समाचार
सुनिन छाडे असारे भाका
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९