पोखरा । नयाँ शब्द, आनीबानी, अक्षर सिक्दै गरेका साना बालबालिका उपहार पाउँदा पुलकित हुन्छन् । के उपहार दिने भन्नेचाहिँ अभिभावक र शुभचिन्तककै विवेकमा भर पर्छ । साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनमा उनलाई नयाँ पुस्तक दिए ।
बुधबार आयोजित समारोहमा बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको बाल कविता सञ्चयन ‘साइकल’ सार्वजनिक गरे । स्याङ्जाको फेदीखोला १ मा रहेको अमोर सेवा नेपालले कृति प्रकाशन गरेको हो ।
अमोर सेवा नेपालले अभिभावकविहीन बालबालिकालाई आश्रय दिँदै आएको छ । कार्यक्रममा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले साहित्यकार सुरजले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत् आवाज उठाउँदै आएको जनाए । अध्यक्ष सुवेदीले कृति प्रकाशनमा पालिकाले सहयोग गर्ने प्रतिबद्धतासहित ५ सय थान पुस्तक खरिद गरी पालिकाका विद्यार्थीलाई वितरण गर्ने प्रतिबद्धता गरे ।
सुवेदीले विद्यार्थीकालमा साहित्यकार सुरज सम्पादक रहेको वेदना पत्रिकामा लेखरचना प्रकाशन गरेकोसमेत स्मरण गरे । उनले अमोर सेवा नेपालको विकासमा सघाउने प्रतिबद्धतासमेत गरे । सुवेदीले भने, ‘यो स्याङ्जाको एकमात्र बाल आश्रम हो । पालिकाले सक्ने बुताको सहयोग गरी नै हाल्छौं । प्रदेश, संघ सरकारमा पनि सहयोगका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता गर्दछु ।’
फेदीखोला १ का वडाध्यक्ष अमृत क्षेत्रीले अनावश्यक खर्च कटौती गरी मानवीय सहायता गर्ने खालका संस्थालाई सघाउने परिपाटीलाई प्रोत्साहन गर्नुपर्ने विचार राखे । अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुलीले आश्रयविहीन बालबालिकालाई आश्रय दिएर सरकारले गर्नुपर्ने काममा सरकारी निकायबाट उचित सहयोगको अपेक्षा गरिन् ।
उनले गाउँपालिका, प्रदेश र संघ सरकारबाट पूर्वाधार निर्माण, बालबालिकाको पठनपाठनलगायत अन्य कार्यका लागि भरपर्दाे सहयोग हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा अमोर सेवा नेपाली अमृता गुरुङले पनि बोलेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
ऋषिकेशका २ कृति लोकार्पण
‘हिमालयको उत्पत्ति’ विमोचन
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९