पोखरा । पोखरा २२, पुुम्दीकोटमा जारी शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सवमा आइतबारसम्म कुल २ करोड १४ लाख रुपैयाँ संकलन भएको छ ।
पुम्दीकोट कोट विकास समिति आयोजनामा जारी महायज्ञको आठौं दिनमात्र करिब ५२ लाख ६२ हजार संकलन भएकोे महायज्ञका आर्थिक उपसमिति सहसंयोजक निर्मल बरालले बताए ।
मुक्तिनाथ विकास बैंकले महायज्ञमा १० लाख १ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरेको बरालले बताए । पोखरा २२, ठूलीबिडी निवासी भोलानाथ बरालबाट २ लाख २५ हजार, हाल अमेरिका बस्दै आएका अरुण धिताल र प्रतिमा धितालबाट २ लाख २५ हजार, पोखरा ६ बैदाम निवासी लक्ष्मीदेवी आचार्यबाट २ लाख २५ हजार रुपैया संकलन भएको समितिले जनाएको छ ।
यस्तै, होटल पुम्दीकोट भ्यु २ लाख, स्थानीय श्रीकृष्ण भजनमण्डली ढलेपीपल लप्सिबोट आमा समूह १ लाख ३२ हजार ५ सय, हाल अमेरिका निवासी कमल बराल, सुस्मिता सापकोटाट १ लाख १ हजार १ सय, पोखरा ५ पस्र्याङका डा. झलक कार्की र लक्ष्मीदेवी कार्की १ लाख ५ हजार ५ सय, पोखरा २१ दोेपरेका सावित्री सुवेदीबाट १ लाख १ हजार १ सय रुपैयाँ महायज्ञमा दान भएको छ ।
त्यस्तै, पोखरा २२ डाँडाथोकका राजेन्द्रप्रसाद क्षत्रीबाट १ लाख १ सय, बालोदयमार्ग टोल विकास संस्था, बिरौटाबाट ५९ हजार ४ सय, बैदामका नन्दकिशोर पहारीबाट ५५ हजार ५ सय ५५, पोखरा २२ अर्चलबोटका पोस्टराज बास्तोला ५५ हजार ५ सय ५५, बालोदयमार्ग पोखरा १७ का रुद्रबहादुर थापा ५१ हजार १ सय, पोखरा २२ का वडाध्यक्ष मित्रलाल बराल र लीलादेवी बरालबाट ३० हजार रुपैयाँ संकलन भयो ।
महायज्ञको मुख्यवाचक भागवतभाष्कर युवापण्डित कमलनयन गौतम हुन् । महायज्ञको मंगलबार समापन गरिने मूल आयोजक समिति अध्यक्ष चन्द्रकान्त बरालले बताए ।
Related News
सम्बन्धित समाचार
पञ्चश्री महायज्ञ समापन
धार्मिक सहिष्णुता नेपाली समाजको सबल पक्ष : मुख्यमन्त्री पोखरेल
वीणा उल्का वर्षा आजदेखि
पुम्दीकोटमा निर्मित विशाल महादेव मूर्तिको उद्घाटन
होलीलाई मर्यादित बनाउन प्रशासनको आग्रह
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
जेठ ६, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९