समता काव्य सन्ध्याको ३४७ औं शृंखला

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७९
samata

पोखरा ।  पोखरेली युवा सांस्कृतिक परिवारको समता काव्य सन्ध्याको ३४७ औं शृंखला सम्पन्न भयो । काव्य सन्ध्यामा परिवारका सल्लाहकार कवि डा. ईश्वरमणि अधिकारीले आफू आजीवन कविताको विद्यार्थी रहने र कवितामा नै समर्पित हुने प्रतिवद्धता जनाए ।

कवि केशु शर्माले पचासको दशकमा आफूले समता पहिलो पटक कविता वाचन गरेको अनुवभ सुनाइन् । समतामा कविता वाचन गर्दा गर्दै अहिले आफू संघ संस्थामा नेतृत्वदायी भुमिकामा रहेको बताइन् ।

सो श्रृंखलामा कवि त्रिवेणी, मनीषा पौडेल, माधव खतिवडा, अमृता पौडेल, कृष्ण सुवेदी, रोशन तिमिल्सिना, रामजीप्रसाद आचार्य, लीली अधिकारी, प्राञ्जल, शिव त्रिपाठी, प्रकाश ज्ञवालीले आआफ्ना सिर्जना वाचन गरेका थिए ।

परिवारको साहित्य संयोजक रीता अधिकारी ‘ऋत’ुले आगामी शनिबार पोखरामा लोकार्पण हुने ‘सेल्फ पोट्रेट’ बाट २ कविता वाचन गरेकी थिइन् । संस्थाका अध्यक्ष मोती भुजेलकोे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सहसचिव शिव त्रिपाठीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width