घान्द्रुक समाज जापानको आर्थिक सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७८
Ghandruk Photo

पोखरा । ब्रेज मेश्रो घान्द्रुक समाज जापानले अन्नपूर्ण गाउँपालिका १० मा रहेको जनप्रेमी आधारभुत विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
जीर्ण विद्यालयको व्यवस्थापन र संरक्षणको लागि ब्रेज मेश्रो घान्द्रुक समाज जापानले १ लाख ६६ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । समाजका पूर्व अध्यक्ष बुद्धि गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर बिक, प्रअ बाबुराम सापकोटा र विद्यालय निर्माण समितिका संयोजक सोम गुरुङलाई संकलित सो रकम हस्तान्तरण गरे ।
रकम ग्रहण गर्दै प्रअ बाबुराम सापकोटाले सहयोगको लागि धन्यवाद प्रकट गरे । उनले विगतमा समेत घान्द्रुकवासीले उक्त विद्यालयको संरक्षणकै लागि सहयोग गर्दै आएको स्मरण गर्दै उदाहरणीय कार्य गरेको धारणा राखे ।
घान्द्रुक समाज जापानका पूर्व अध्यक्ष बुद्धि गुरुङले आफ्नो गाउँको विद्यालयलाई सहयोग गर्न पाएको भन्दै खुसी व्यक्त गरे । उनले सो विद्यालयको संरक्षणका लागि मात्र नभई सिंगो गाउँ विकासको लागि सबै सहयोग जुटाउने वचन दिए । यसअघि सो विद्यालयकै लागि घान्द्रुक समाज हङकङ, घान्द्रुक समाज बेलायत र घान्द्रुक समाज पोखराले आर्थिक सहयोग गरिसकेको छ । उक्त विद्यालयमा हात ८० विद्यार्थी अध्ययनरत छन् भने १० जना शिक्षकले अध्यापन गराउँदै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width