पोखरा । जिल्ला प्रहरी कार्यालय ज्यानसम्बन्धी मुद्दाका फरार आरोपितलाई ९ वर्षपछि पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका ८, चित्रेका २५ वर्षीय शिरिष विश्वकर्मालाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो ।
उनीमाथि २०६९ कात्तिक २५ गते मिथुन विकको हत्या गरेको आरोप थियो । ‘ब्ल्याक ब्वाइज ग्रुप’ समूह चलाएर उनीसहित २२ जनाले आपसी रिसइबीका कारण पोखरा लेकसाइडस्थित नेशनल स्कुलमा कक्षा १० मा पढ्ने मिथुन विकको कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।
घटनापछि फरार रहेका उनी लामो समय आफ्नो परिचय लुकाएर भारतमा गएर बसेको भन्ने खुल्न आएको उनले बताए । त्यसपछि अदालतबाट पक्राउ अनुमति मागेर खोजतलासमा गर्दा बुधबार अन्नपूर्ण गाउँपालिका ५, सल्यानमा आफन्तको घरमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको एसपी थापाले बताए ।
तत्कालीन समयमा हाल पक्राउ परेका विकसहित २२ जनाविरुद्ध उजुरी परेको थियो । त्यसमध्ये हालसम्म २१ जना पक्राउ परेको र एक जना पक्राउ पर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
गाडेको अवस्थामा महिलाको शव फेला
पल शाह बलात्कार प्रकरण: निवेदन एकसाथ पेस गर्नू
पोखरामा ९ जुवाडे पक्राउ
पल शाह बलात्कार प्रकरणमा पीडितले नवलपुरमा पनि बयान फेरिन्
शिक्षकले विद्यार्थीलाई पोर्न भिडियो देखाएपछि ….
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
जेठ ६, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९