लेखक कृति पुरस्कार मतिप्रसादलाई

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७८
Puraskar

पोखरा । नेपाली लेखक संघ, कास्कीले प्रदान गर्ने ‘लेखक कृति पुरस्कार–२०७७’ बाट नवलपरासीका स्रष्टा डा. मतिप्रसाद ढकाल पुरस्कृत भएका छन् । विसं २०७७ सालमा गण्डकी प्रदेशभित्रका स्रष्टाद्वारा लिखित पुस्तकमध्ये उनको ‘महाभारतमा के छ ?’ कृति उत्कृष्ट कृतिका रूपमा छनोट भएको थियो ।
शनिबार पोखरामा आयोजित एक समारोहमा ढकाललाई २५ हजार रुपैयाँ राशिको सो पुरस्कार अर्पण गरिएको हो । सोही अवसरमा नेपाली पत्रकारिता, शिक्षा र प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्व केशवराज पराजुलीलाई सम्मानसमेत गरिएको थियो ।
पुरस्कार अर्पण समारोहमा कवि तीर्थ श्रेष्ठले सिर्जनाको साधना हुलमुलमा नहुने कुरा उल्लेख गरे । उनले भने, ‘चहलपहलका आधारमा उठ्न खोज्नु लेखक बन्नु नभई लेखक बनेको भ्रम मात्र पाल्नु हो ।’ सिर्जना एकान्तमा हुर्कने उल्लेख गर्दै श्रेष्ठले मतिप्रसाद ढकालको लेखन एक ऋषिले गर्ने साधना झैं एकान्तमै हुर्केकाले उनको लेखन निकै उत्कृष्ट रहेको उल्लेख गरे ।
नेपाली लेखक संघका महासचिव डा.रत्नमणि नेपालले लेखक संघले सर्जकहरूलाई निरन्तर सिर्जनामा लाग्ने प्रेरणा दिन विभिन्न कार्यक्रम गर्ने कार्यमा सधैं जोड दिँदै आएको उल्लेख गरे । आगामी समयमा पनि केन्द्रदेखि जिल्लासम्म निरन्तर जागरणका कार्य गर्दै जाने कुरामा सचेत रहेको जनाए ।
पुरस्कृत व्यक्तित्व डा.मतिप्रसाद ढकालले पुरस्कारका पछाडि लागेर आफूले सिर्जना नगरेको बताउँदै आफ्ना लागि सिर्जना नै एक मात्र धर्म भएको उल्लेख गरे । आफ्नो जीवनको अंश चिन्नु, निरन्तर लेख्नु र स्वतन्त्र ढङ्गले लेखिरहनु नै एक सर्जकको दायित्व भएको बताउँदै उनले निरन्तरको साधना गर्नाले प्रतिफल अवश्य प्राप्त हुन्छ । पथभ्रष्ट हुँदै गएको समाजमा सत्पात्र र सत्मार्ग पहिल्याउन निकै गाह्रो हुने तर यसका लागि सर्जकहरूले निरन्तर आफूलाई परिष्कार गर्दै साधनामा लाग्नुपर्ने बताए । सम्मानित व्यक्तित्व केशवराज पराजुलीले समयले कसैलाई नपर्खने उल्लेख गर्दै समयसँगै हिँड्न प्रयास गर्नुपर्ने जनाए ।
सो अवसरमा पुरस्कृत र सम्मानित व्यक्तित्वका बारेमा परिचय प्रस्तुत गर्दै पुरस्कार छनोट समितिका संयोजक डा.ईश्वरमणि अधिकारीले पूर्वीय दर्शनको महŒवपूर्ण कृतिका रूपमा ‘महाभारतमा के छ ?’ र प्रजातान्त्रिक आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताका प्रखर हिमायती व्यक्तित्वका रूपमा पराजुलीलाई छनोट गरिएको जानकारी दिए । ‘प्राप्त कृतिहरूको गहन अध्ययन गरी उत्कृष्ट कृतिका रूपमा पुस्तक छनोट गरिएको र पोखरेली परिवेशमा रहेर प्रेरणादायी जीवन बाँचेका पराजुलीलाई छानिएको हो,’ उनले भने । उनले लेखकको लेखकीय धरातल र सम्मानित स्रष्टाको जीवनका केही महत्वपूर्ण आयामलाई प्रष्ट पारेका थिए ।
लेखक संघका आजीवन सदस्यद्वय डा.ईश्वरमणि अधिकारी र डा.भूमिराज बस्ताकोटीलाई विद्यावारिधि उपाधि प्राप्त गर्न सफल भएकोमा थप प्राज्ञिक उचाइको कामना गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यसअघि सो पुरस्कार दीपाञ्जली उपन्यासका लागि स्याङ्जाली सर्जक सरोज अर्याललाई अर्पण गरिएको थियो । पुरस्कारका लागि ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी संस्थाले पुरस्कार अर्पण गर्दै आएको छ । पुरस्कार स्थापनाका बारेमा निवर्तमान अध्यक्ष गणेश शर्माले जानकारी गराएका थिए । संस्थाका सचिव कमल पौडेल अथकले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष रीता अधिकारीले गरेकी थिइन् । कार्यक्रम संस्थाका अध्यक्ष सञ्जीव पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width