पोखरा वाङ्मयमा शुभकामना आदानप्रदान

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७८
bangmaya

पोखरा । पोखरा वाङ्मय प्रतिष्ठानको आयोजनामा नयाँ वर्ष २०७९ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । कार्यक्रममा शिक्षासेवी बालगोपाल अमात्यले नयाँ वर्ष सबैका लागि सुखद् होस् भनी शुभकामना दिए ।
समाजसेवी बोधराज कार्की, अधिवक्ता बोधराज बराल, कलाप्रेमी रामदेवी कुँवर, कृष्णबहादुर कुँवर ‘बटुकृष्ण’, समाजसेवी बलबहादुर सेन्चुरी, साहित्यकार मदन भण्डारी, शिक्षासेवी तुलसीप्रसाद चापागाईं, कमलराज ढुंगाना, विश्वशान्ति कुँवर, वेदप्रसाद पौडेल, उत्तम बस्नेत, संचारकर्मी तिर्सनालक्ष्मी गुरुङ , नारायण भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा शिक्षाविद् बालगोपाल अमात्य, सञ्चारकर्मी देवेन्द्र एसके शाही र सपना कुँवरलाई सम्मान गरिएको थियो । अलौकिक कवि देशभक्त सिंह कुँवर प्रतिष्ठानको व्यवस्थापनमा भएको कार्यक्रममा स्वागत पार्वती ढुंगाना र संचालन संचारकर्मी देवेन्द्र एसके शाहीले गरेका थिए ।
प्रतिष्ठानका संरक्षक, शिक्षासेवी एवं साहित्यकार क्षेत्रबहादुर कुँवरले गत वर्ष स्वास्थ्यमा गम्भीर समस्यापछि पोखराबाट हेलिकोप्टरमा काठमाडौं उपचार गर्न जानुपरेको स्मरण गर्दै स्वच्छ भएर बाँच्ने प्रेरणा नयाँ वर्षमा सबैमा मिलोस् भनी शुभकामना दिए ।
कवि देशभक्त सिंह कुँवरले कोरोना महामारीमा ग्रान्डीमा मृत्युसँग लडिरहेको बेलामा पनि ‘दोस्रो जुनी’ कृति लेख्न सकेको बताए । सो प्रकाशनका लागि अन्तिम तयारी हुँदै गरेको उनको भनाइ थियो । बिरामी पर्दा भेट्ने तथा विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्नेहरुप्रति उनले आभार व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width