लायन्स पोखरा नर्थद्वारा सहयोग

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७८
lions pokhara norths

पोखरा । लायन्स क्लब अफ पोखरा नर्थले अस्तामको भूमेश्वर आधारभूत विद्यालयमा कापी कलम वितरण गरेको छ । माछापुच्छ«े ६ धितालस्थित अस्ताममा रहेको उक्त विद्यालयका ४० जना विद्यार्थीलाई कापी कलम वितरण गरेको लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिनाले बताए ।
कार्यक्रममा लायन्स क्लब ३२५ बि १ का जोन चियरपर्सन केशवशरण पौडेल, मिडिया संयोजक प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिना, तृतीय उपाध्यक्ष रामप्रसाद अधिकारी, सचिव हरिप्रसाद त्रिपाठी, सदस्य विनोदराज पौडेल, जयराम तिमिल्सिना, इन्द्रप्रसाद सुवेदीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारी, विद्यालयका प्रध्यानाध्यापक कुलानन्द अधिकारीलाई कापी कलम हस्तान्तण गरेका थिए ।
कार्यक्रममा जोन चियरपर्सन केशवशरण पौडेलले क्लबले कापी कलम वितरण गरेर विद्यार्थीलाई सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारी, समाजसेवी पूर्व अध्यक्ष विश्वराज अधिकारी, मिडिया संयोजक प्रकाशचन्द्र सापकोटा, शिक्षक भेषराज बास्तोला, सचिव हरिप्रसाद त्रिपाठीले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width