शिवशक्ति महिला समूहमा नयाँ नेतृत्व

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७८
shivsakti

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ सेराबेसीमा क्रियाशील शिव शक्ति महिला समूहको सातौं साधारणसभा एवं चौथो अधिवेशनले उमादेवी पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समूहको उपाध्यक्ष निशा भुजेल, सचिव सुनीता सुनार, सहसचिव सुस्मिता सुनार र कोषाध्यक्ष प्रतीक्षा अधिकारी छन् । सदस्यहरू शारदा पन्थी, गीता पन्थी, गुना खत्री, लक्ष्मीदेवी बराल, कोपिला पन्थी र मञ्जु पन्थी छन् ।
अधिवेशनले कार्यसमितिका पदाधिकारी तथा सदस्य सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन समितिका संयोजक ठाकुरप्रसाद खनालले जानकारी दिए ।
शुनपा १ का अध्यक्ष रविचन्द्र पौडेलले सेराबेसीको विकासका लागि वडाका तर्फबाट निरन्तर सहयोग गरिएको बताए । नगपालिकाको वडा नं १ को भूभाग ठूलो भएका कारण हप्तामा एक दिन सेरावेसीबाट वडा सेवा केन्द्रमार्फत सेवा दिने तयारी भएको उनले बताए । समूहका अध्यक्ष अनिशा भुजेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव नानु आलेले गरेकी थिइन् । समाजसेवी एवं राजनीतिक व्यक्तित्वहरू डिल्लीराम अधिकारी, खेमराज अधिकारीलगायतले बोलेका थिए ।
उक्त अवसरमा समूहलाई समाजसेवी युवराज खनालले साउन्ड सिस्टम, सुशीला कुँवरले स्टिल दराज र मधुमाया पन्थीले सिलिन्डरसहित ग्याँस चुल्हो सहयोग गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width