सिड फाउन्डेसन कास्कीको १८ औं सभा

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७८
seed foundations

पोखरा । सामाजिक, शैक्षिक तथा वातावरणको क्षेत्रमा काम गरिरहेको संस्था सिड फाउन्डेसन कास्कीको १८ औं साधारण सभा शनिबार भएको छ ।
नेपाल इम्प्रुभमेन्ट फाउन्डेसनका संस्थापक रहेका क्यानाडियन नागरिक मौरे मेसनको प्रमुख आतिथ्यतामा साधारण सभा तथा वनभोज कार्यक्रम भएको हो । मौरे मेसनले फाउन्डेसनले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य गरी कार्यक्रम प्रतिबद्धता जनाए ।
संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष इन्द्रबहादुर थापाले कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सचिव मदन थापाले संस्थाको प्रगति प्रतिवेदन पेस गरेका थिए ।
फाउन्डेसनका निवर्तमान अध्यक्ष धु्रवनाथ अधिकारी, पूर्व अध्यक्ष तथा सल्लाहकार नवराज अधिकारी, सल्लाहकार सदस्य नीरबहादुर चर्माकार, हरिप्रसाद घिमिरे र सदस्य सुनीता थापालगायतले संस्थाले गरेको कामको प्रशंसा तथा भविष्यमा पनि अझै धेरै समाजसेवाका कार्यमा लाग्ने विश्वास व्यक्त गरे ।
संस्थाले गरेका काम तथा भावी योजनाको बारेमा संस्थाका निर्देशक दामोदरभक्त थापाले स्पष्ट पारे । उपाध्यक्ष सुशीला गुरुङले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव मदन थापाले गरेका थिए ।
सामाजिक समस्या, शैक्षिक गुणस्तर तथा अवसर साथै वातावरण संरक्षणको उद्देश्यका साथ वि.सं २०६० सालमा फाउन्डेसनको स्थापना भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width